उपचारका क्रममा बालिकाको मृत्यु भएपछि अस्पतालमा तनाव

उपचारका क्रममा बालिकाको मृत्यु भएपछि अस्पतालमा तनाव
सुन्नुहोस्

गुल्मी : अस्पतालको लापरबाहीका कारण एक बालिकाको उपचारका क्रममा मृत्यु भएको भन्दै जिल्ला अस्पताल गुल्मीमा तनावग्रस्त भएको छ। 

मंगलबार बिहान छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७ काउलेकी ६ वर्षीया प्रशंसा मरासिनीको मृत्यु भएको मृतक बालिकाकी छिमेकी लिलाधर पाण्डेले बताए। 

पाण्डेका अनुसार सोमबार बिहान सामान्य पेट दुख्ने र बान्ता गरेपछि बालिकालाई अस्पताल लगिएको थियो। दिउँसो  पुनः  बान्ता गरेपछि उनलाई अस्पताल भर्ना गरिएको हो। 

मंगलबार बिहान ६ बजे स्वास्थ्यकर्मीले बालिकालाई सुई लगाएको दुई मिनेटमा बेहोस भएको बताइएको छ। त्यसपछि बालिकाका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरेका थिए। झण्डै २ घण्टासम्म डाक्टर नआएको पाण्डेले बताए। 

बालिकाको निधनपछि आफन्तले आन्दोलन गरेका छन्। जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालय अगाडि आफन्तले आन्दोलन गरेका छन्। आन्दोलनका क्रममा एक आन्दोलनकारी घाइते भएका छन्। 

अस्पतालका मेसु लगायतलाई आन्दोलनकारीले हातपात गरेको भन्दै चिकित्सकहरुले आकस्मिक बाहेकको सेवा ठप्प पारेका छन्। घटनाको छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.