भान्सा कोठामै सर्पले डसेर ५५ वर्षीया महिलाको मृत्यु

भान्सा कोठामै सर्पले डसेर ५५ वर्षीया महिलाको मृत्यु
सुन्नुहोस्

बैतडी : बैतडीमा सर्पका टोकाइबाट एक महिलाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो । 

मंगलबार राती ७:३० बजेको समयमा खाना बनाउने क्रममा भान्साकोठामै सर्पले टोकेर गम्भीर घाइते भएकी घटालको राती १२ बजे मृत्यु भएको स्थानीय एवं पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए । 

सर्पले टोकेर घाइते भएकी घटाललाई झारफुक गर्न बैद्यलाई बोलाइएको थियो । तर झारफुक गरेपछि केहि समय निको भएको महसुस भएको र राती १२ बजेको समयमा मृत्यु भएको स्थानीय एवं स्वास्थ्य स्वयमसेविका पानमती घटालले बताइन् । 

गत साउन २३ गतेराती पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.