चीनको सिचुवानमा पहिरो : पुरिएर ४ जनाको मृत्यु, ४८ बेपत्ता

चीनको सिचुवानमा पहिरो : पुरिएर ४ जनाको मृत्यु, ४८ बेपत्ता
सुन्नुहोस्

राजमार्ग निर्माणस्थलमा पहिरो खसेको तर घटनाका सम्बन्धमा कुनै जानकारी नदिएको अभियोगमा निर्माण कम्पनीका चार जनालाई पक्राउ गरिएको प्रान्तीय आन्तरिक सुरक्षा विभागमा उपनिर्देशक युआन ग्याङले पत्रकार सम्मेलनमा बताएका छन् ।

बेइजिङ : चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको लिङ्शान यी स्वायत्त क्षेत्रको जिनयाङ काउन्टीमा अविरल वर्षासँगै खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको  छभने अन्य ४८ जना बेपत्ता भएका छन् । 

राजमार्ग निर्माणस्थलमा पहिरो खसेको तर घटनाका सम्बन्धमा कुनै जानकारी नदिएको अभियोगमा निर्माण कम्पनीका चार जनालाई पक्राउ गरिएको प्रान्तीय आन्तरिक सुरक्षा विभागमा उपनिर्देशक युआन ग्याङले पत्रकार सम्मेलनमा बताएका छन् । 

नौ दिनअघि भएको उक्त घटनाको विवरण ढिलो उपलव्ध गराएकामा उनले निर्माण कम्पनीका कर्मचारीमाथि कारवाही गरिने बताएका छन् । 

राजमार्ग निर्माणस्थलमा भएको उक्त दुर्घटनाको छानबिनमा खटिएको टोलीले पहिरो खसेका बेला उक्त स्थानमा दुई सय एक जना रहेका जनाएको छ । एक सय ४९ जना ज्यान जोगाएर भागेका थिए । प्रहरीले घटानको छानविन र बेपत्ता भएकाहरूको खोजी जारी राखेको उपनिर्देशक युआनले बताएका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.