व्याख्यात्मक घोषणा सत्ता गठबन्धनले जनतालाई दिएको धोकाको प्रमाण हो

एमसीसी कार्यान्वयनमा जान्छ, व्याख्यात्मक घोषणा झुटको खेस्रो हो : ओली

एमसीसी कार्यान्वयनमा जान्छ, व्याख्यात्मक घोषणा झुटको खेस्रो हो : ओली
विराटनगर विमानस्थलमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु ।
सुन्नुहोस्

विराटनगर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदबाटै पास भइसकेका कारण एमसीसी कार्यान्वयनमा जाने बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग ओलीले संसदबाटै पास भइसकेको एमसीसी कार्यान्वयनमा जाने कुरामा कुनै द्विविधा नरहेको बताएका हुन्।

‘संसदबाट अनुमोदन भइसकेको कुरा कार्यान्वयनमा जान्छ,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘एमसीसी पास गर्नु उपयुक्त हो कि हैन भनेर त्यतिबेलै सोच्नुपर्ने थियो।’ 

संसदबाट एमसीसी पास गर्ने बेलामा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई भने ओलीले झुटको खेस्रो भएको टिप्पणी गरे। ‘१२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो हो। झुटको खेस्रो उहाँहरु (सत्तापक्ष)ले जनतालाई दिएको धोका हो,’ओलीले भने, ‘संसदबाट पास भएको भनिएको झुटको खेस्रो नेपाली जनतालाई धोका दिएको एउटा प्रमाण हो। त्यसलाई एमसीसीले मान्दैन।’ 

सत्तापक्षले १२ बुँदे व्याख्यात्मक घोषणा गरेपछि मात्रै संसदबाट एमसीसी अनुमोदन भएको थियो। त्यही घोषणा झुटको खेस्रो र जनतालाई दिएको धोका भन्दै ओलीले व्याख्यात्मक घोषणा एमसीसीले नमान्ने जिकिर गरे। एमसीसीका सन्दर्भमा व्याख्यात्मक घोषणा गर्दै सरकारले त्यतिबेला नेपाली जनतालाई धोका दिएर झुट बोलेको आरोप उनको छ। ‘जनतालाई धोका दिएको मात्रै हैन, नेपालको संसदसँग बेइमानी पनि गरिएको हो,’ उनले भने, ‘तत्कालीन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एमसीसी मानिसकेको अवस्थामा व्याख्यात्मक घोषणा सम्झौताको अंग हुन्छ भन्दै संसदमा नै बोलेर जनता एवं संसदलाई धोका दिने काम भयो।’ 

त्यतिबेला झुट बोलेर र गलत प्रभावमा पारेर एमसीसी पास गराउने बाटो रोजेको आरोप ओलीको छ। पास गर्नु उपयुक्त हो कि होइनभन्ने विषयमा बेग्लै ढंगले सोच्नुपर्नेमा सरकारले त्यसबेला झुट बोलेको उनले बताए । 

एमसीसी परियोजनाका उपाध्यक्ष नेपाल आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाटै अनुमोदन भएको व्याख्यात्मक घोषणा सम्झौताको हिस्सा हुन्छ कि हुँदैन भनेर आफूले सोध्ने बताएका थिए। ‘हिजो मात्रै प्रधानमन्त्रीले म सोध्छु भन्नुभयो। सोध्न किन पर्‍यो ? सम्झौताभन्दा वरपरका घोषणामा कुनै सरोकार छैन र जान्दैनौं भनेर एमसीसीले उहिले नै जवाफ दिएको छ। उहिले नै भनेको छ। त्यो जवाफ प्रधानमन्त्रीलाई पनि थाहा छ। उहाँले सोध्ने पनि हैन। जनतालाई अलमल्याउनका लागि बोलेको हो,’ ओलीले भने। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.