हर्क साम्पाङका कारण धरानमा असुरक्षा बढ्यो

प्रदेशभरिबाट ल्याएर धरानमा थप प्रहरी परिचालन

प्रदेशभरिबाट ल्याएर  धरानमा थप प्रहरी परिचालन

धरान : धरानका मेयर हर्क साम्पाङका कारण धरानमा असुरक्षा बढेको छ। साम्पाङका गैरजिम्मेवार र विभिन्न विवादास्पद अभिव्यक्तिका कारण धरानमा सामाजिक तथा राजनीतिक सद्‍भाव खलबलिनुका साथै शान्ति सुरक्षामा समेत गम्भीर असर पुर्‍याएको स्थानीय बताउँछन्।

मेयर साम्पाङले भोलि धरानमा भ्रष्ट्राचार विरुद्ध विरोध प्रदर्शनको आयोजना गरेका थिए। केही दिनअघि धरानमा हिन्दु धर्म समर्थकले गर्ने भनिएको सद्‍भाव र्‍याली स्थानीय प्रशासनले निषेधाज्ञा लगाएर प्रतिबन्ध लगाएको थियो। त्यसपछि उनीहरूले इटहरीमा प्रदर्शन गरेका थिए। 

मेयर साम्पाङले धरानमा विरोध प्रदर्शन आयोजना गरेपछि शान्ति सुरक्षा खलबलिने भन्दै कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ वास्तोला, सशस्त्र प्रहरीको कोशी प्रदेश प्रमुख डीआईजी अन्जनीकुमार पोखरेल र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको छलफलमा भोलिको आन्दोलन फिर्ता लिने सहमति गरेका थिए। 

साम्पाङले आन्दोलन फिर्ता लिने घोषणा गरे पनि बुधबार धरानमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट थप प्रहरी ल्याएर धरानमा परिचालन गरिएको छ। सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले धरानमा हुने सम्भावित घटना र लागूऔषध कारोबार र सेवन अत्यधिक बढेको गोप्य सूचनाका आधारमा धरानमा थप प्रहरी परिचालन गरिएको बताए। 

उनले गैरकानुनी क्रियाकलाप गर्नेलाई नियन्त्रणमा लिएर पक्राउ गरी कारबाही गर्न धरानमा थप प्रहरी परिचालन गरिएको बताए। डेंगु रोगको संक्रमणले थला परेको धरानमा मेयर साम्पाङका गलत अभिव्यक्ति र व्यवहारले धरानको बदनाम हुन थालेको यहाँका पूर्व मेयर मनोजकुमार मेन्याङबोले बताए। उनले मेयर साम्पाङले केही राम्रो गर्न खोजे पनि आफ्नै गलत क्रियाकलाप र गैरसंवैधानिक अभिव्यक्तिका कारण सिंगो धरानलाई विवादित पार्न खोजिएको बताए। 

मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुक र युटुबमार्फत राजनीतिक दलका नेता, केन्द्र सरकार र मन्त्रीहरूलाई गाली गर्ने गरेका छन्। पछिल्लो समय धरानमा देखिएको समस्यालाई समेत हल नगरेको भन्दै मेयर साम्पाङको चौतर्फी विरोध हुन थालेको छ। 

कोकाहा खोलाको पानी ल्याएर र धरानमा एकतर्फी यातायातका साधन सञ्चालनको नियम ल्याएर चर्चामा आएका साम्पाङ पछिल्लो समय गम्भीर प्रकृतिका विषयमा विवादमा तानिएका छन्। 

नागरिक दवाव सञ्जाल धरानका अध्यक्ष डा. राजेन्द्र शर्माले धरानको हरेक समस्याको समाधान गरि अभिभावकत्व ग्रहण गर्न मेयर साम्पाङलाई सुझाव दिएका छन्। उनले यस अगाडि धरानमा देखिएको सबै खाले समस्याको समाधान गरी धरानमा सामाजिक सद्‍भाव र एक अर्कामा भाइचाराको सम्बन्ध स्थापित गर्न सबैलाई आग्रह गरिएका छन्। 

यस सम्बन्धमा मेयर साम्पाङको प्रतिक्रिया लिन पटक पटक फोन सम्पर्क गर्दा उनले फोन उठाएनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.