एमाले सचिवालय बैठकको निष्कर्ष- राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयो

एमाले सचिवालय बैठकको निष्कर्ष- राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयो
सुन्नुहोस्

काठमाडौं : सिरहामा बसेको एमालेको सचिवालय बैठकले ८ बुँदे निर्णय गरेको छ। सिराहाको धनगढीमाई नगरपालिका-४, सर्रे अम्बासमा बसेको बैठकले महत्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्तावहरूसहित विशेष प्रस्ताव पारितसमेत गरेको छ। 

'तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले)द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टीको चौथो राष्ट्रिय महाधिवेशन नेपाली कम्युनिष्ट आन्दोलनको एउटा विशिष्ट र ऐतिहासिक परिघटना थियो। २०१९ सालमा आयोजित तेस्रो राष्ट्रिय महाधिवेशनपछि विभाजित र विखण्डित हुँदै क्षतविक्षत अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई जगैदेखि पुनर्गठन, पुनर्निर्माण र क्रान्तिकारी धारमा एकताबद्ध बनाउने प्रयासस्वरूप सुरू भएको झापा आन्दोलन, त्यसको प्रकाशमा को-अर्डिनेशन केन्द्रको गठन र नेपाल कम्युनिष्ट पाटी (माले)को गठन आफैंमा आन्दोलनको पुनर्जीवनका कोसेढुङ्गाहरू थिए। दर्जनौं क्रान्तिकारी समूहहरूलाई एकताबद्ध पार्दै मुलुकको मुख्य कम्युनिष्ट शक्तिका रूपमा स्थापित नेपाल कम्युनिष्ट पार्टी (माले) द्वारा आयोजना गरिएको नेपाल कम्युनिष्ट पार्टीको यस ऐतिहासिक महाधिवेशनले झण्डै ३० वर्ष अगाडि टुटेको कम्युनिष्ट आन्दोलनको कडीलाई जोड्ने काम गयो। हामीले महाधिवेशनलाई 'नेकपा (माले) को महाधिवेशन' नभई 'नेकपाको चौथो महाधिवेशन’ नामाकरण गर्नुको मुख्य उद्देश्य पनि यही टुटेको कडीलाई जोड्दै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु थियो,' पहिलो निर्णयमा भनिएको थियो।

पछिल्ला समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएको भन्दै समाज र राजनीतिमा देखापरेका विकृति, विसंगती, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 'यतिबेला जनताले भोग्नुपरिरहेका कष्टहरूप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ। यस्तो स्थितिमा बसेको केन्द्रीय सचिवालयको यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कनसहित स्मरण गर्दछ। महाधिवेशनबाट महासचिवमा निर्वाचित कमरेड मदन भण्डारीका योगदानहरूप्रति गर्ब गर्दछ र जनता तथा पार्टीबीचको घनिष्ट सम्बन्धलाई अझ प्रगाढ बनाउने सङ्कल्प गर्दछ। यस ऐतिहासिक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिहरूको भावना र संकल्पलाई प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरूकै चाहनाअनुरूप विभिन्न पूर्वाधारका कामहरूलाई अगाडि बढाउने प्रण गर्दछ,' विज्ञप्तिमा भनिएको छ। 

nullnullnullnull 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.