मोटरसाइकल दुर्घटना : एक किशोरीको मृत्यु, ३ जना घाइते

मोटरसाइकल दुर्घटना : एक किशोरीको मृत्यु, ३ जना घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

झापा : झापाको कनकाई पुलमा दुई वटा मोटरसाइकल एकापसका ठोक्किँदा एक किशोरीको मृत्यु भएको छ। दुर्घटनामा बाह्रदशी गाउँपालिका- ५ निवासी १८ वर्षीया जेसिका सिग्देलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

शिवसताक्षी नगरपालिका- १० स्थित कनकाई पुलमा बुधबार साँझ ७ बजे मे ३ प ५४६३ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिई विपरीत दिशाबाट आइरहेको को ३१ प ९५२९ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी मे ३ प ५४६३ नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका- ९ निवासी ४० वर्षीया रुद्रप्रसाद न्यौपानेको हात, ढाडमा चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार जेसिका सिग्देलको दाहिने कानबाट रगत बग्दा गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको र जेसिकाको सोही अस्पतालमा उपचारको क्रममा राती सवा ८ बजे मृत्यु भएको डीएसपी रिजालले बताए । 

त्यस्तै को ३१ प ९५२९ नम्बरको मोटरसाइकल चालक दमक नगरपालिका-१ निवासी ४० वर्षीय सुरेश राई र सोही मोटरसाइकल पछाडि इलाम जिल्ला चुलाचुली नगरपालिका- ४ निवासी  २९ वर्षीय निश्चल चेमजोङ घाइते भएका थिए । घाइते दुवै जनाको टाउको, हातखुट्टामा चोट लागेको र उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । 

साइकल यात्री अर्जुनधारा नगरपालिका- ५ निवासी ६३ वर्षीय गङ्गा तामाङको दायाँ खुट्टामा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार गरी घर फर्किसकेको प्रहरीले जनाएको छ । यता दुर्घटनामा परेका दुवै मोटरसाइकललाई अस्थायी प्रहरी चौकी माईधारले नियन्त्रणमा लिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.