पर्यटनको सेतु पाटेबाघ

पर्यटनको सेतु पाटेबाघ
बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारीका क्रममा पाटेबाघ हेर्दै पर्यटक।
सुन्नुहोस्

गुलरिया : विश्वकै लोपोन्मुख वन्यजन्तु पाटेबाघ बर्दिया राष्ट्रिय निकुञ्जमा देखिन थालेपछि स्वदेशी तथा विदेशी पर्यटक यसलाई हेर्नका लागि आउने क्रम बढेको छ। जंगलमा बाघको संख्यात्मक वृद्धिसँगै पाटेबाघ पर्यटनको सेतु बनेको हो। 

पर्यटन व्यवसाय गर्ने होटल व्यवसायी, पर्यटक घुमाउने एजेन्सी अर्थात् प्रकृति पथ प्रदर्शक अचेल पाहुनालाई बाघ देखाएरै व्यवसाय बढाउन प्रयत्नशील छन्। काठमाडौंका टे«किङ एजेन्सीहरू पनि पछिल्लो समय बाघ पर्यटनकै प्रचारप्रसारमा लागेका देखिन्छन्। 

अक्टोवरमा बाघ हेर्नकै लागि विदेशी पाहुनाले होटलहरूको बुकिङ सुरु गरिसकेको टाइगर ट्र्याक नेपाल बर्दियाका सञ्चालक हेमन्त आचार्यले बताए। दर्जनौं पाहुनाले होटल बुक गरिसकेका छन्, यो क्रम बढ्दो छ। उनले भने ‘कोरोना महामारीपछि धेरै कुरा सहज भएकोले पनि पर्यटकहरू आउन थालेका हुन्।’

बर्दिया निकुञ्जभित्र धेरै झाडी छैन। धेरै टाढासम्म खुला आँखाले देख्न सकिन्छ। पानीपोखरी, घाँसेमैदानलगायत राजमार्गमा पनि सजिलै बाघ देख्न पाइन्छ। आचार्यले थपे, ‘अन्यत्र गन्तव्यमा बाघ नदेखेका पर्यटकले पनि बर्दियामा बाघ देख्छन्। विदेशी पर्यटकले भारतमा भन्दा जैविक विविधता अवलोकन गर्न नेपाल मन पराउने गरेका छन्। पछिल्लो समय पर्यटन व्यवसायीले बाघकै नाम जोडेर सामाजिक सञ्जालमा प्रचार गर्छन्।’ बीबीसीले बर्दिया

राष्ट्रिय निकुञ्जमा बाघसम्बन्धी डकुमेन्ट्री निर्माण गरेको उनको भनाइ छ। बाघको नाममा धेरै पर्यटकहरू भित्रिने गरेका छन्। बर्दियामा विगतका वर्षभन्दा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी बताउँछन्। आर्थिक वर्ष २०७७/०७८ मा २१ हजार पर्यटक बर्दिया भित्रिएकोमा २०७८/०७९ मा साढे २४ हजार पर्यटकले निकुञ्ज अवलोकन गरे। 

विशेषगरी स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम बढेको छ। सार्क मुलुकका पर्यटकहरू साबिककै बराबरीमा छन्। उनले भने, ‘गत आर्थिक वर्षमा पर्यापर्यटनबाट निकुञ्जले दुई करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। पछिल्लो गणनाअनुसार नेपालमा ३ सय ५५ पाटेबाघ छन्। जसमध्ये चितवनमा १ सय २८, बर्दिया १ सय २५, पर्सा ४१, शुक्ला ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ पाटेबाघ रहेको सरकारी तथ्यांक छ।

निकुञ्जमा घाँसेमैदान, बासस्थान व्यवस्थापनसँगै चोरीसिकार नियन्त्रण भएकाले बाघको संख्या बढेको अधिकृत भण्डारीको भनाइ छ। गत साल बर्दियामा उल्लेख्य पर्यटक आए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.