पर्यटक पर्खिरहेको गुल्मीको लेखपोखरा

पर्यटक पर्खिरहेको गुल्मीको लेखपोखरा
सुन्नुहोस्

गुल्मी : भौतिक पूर्वाधार निर्माणले भरिपूर्ण मनोरम पर्यटकीय क्षेत्र मालिका गाउँपालिका-५ छापहिलेको लेखपोखरा पर्यटक पर्खिरहेको छ। प्राकृतिक हिसाबले निकै नै सौन्दर्य मानिने उक्त क्षेत्रमा पर्यटकहरूलाई भुलाउने विभिन्न भौतिक संरचना निर्माण गरिएको छ। 

तत्कालीन जिल्ला विकास समिति, लुम्बिनी प्रदेश सरकार, डिभिजन वन कार्यालयको गरी हालसम्म कुल ५० लाख रुपैयाँ लगानी भइसकेको वडा नम्बर ५ का अध्यक्ष रेखा कुमार जिसीले बताए। प्रवासमा बस्ने नेपाली दाजुभाइको सहयोगमा ऋषिकेश मन्दिर निर्माण गरिएको छ। ‘आन्तरिक पर्यटकहरू लेखपोखरामा घुम्न आउने गरेका छन्’, जिसीले भने, ‘बाहिरी जिल्लाका पर्यटकहरूलाई ल्याउनका लागि स्थानीय सरकारले विशेष अभियान चलाएको छ। गाउँपालिकाले यस क्षेत्रलाई पालिकाकै उत्कृष्ट पर्यटकीय स्थलका रुपमा सूचिकृत समेत गरेको छ।’

चिल्ड्रेन पार्क, कहिल्यै पनि पानी नसुक्ने पोखरीको संरक्षण र आकर्षक सजावट, रेलिङ निर्माण, भ्यू टावर निर्माण लगायत पूर्वाधारहरू, पर्यटकहरूका लागि तस्बिर खिच्ने विभिन्न स्थलहरू यहाँ निर्माण गरिएको छ। उल्टेढुंगा (भ्यूस्टोन) बाट पञ्चायतकालमा राजा चढ्ने घोडा लडेर भीरको पहरोमा टाँसिएको यहाँ ऐतिहासिक पृष्ठभूमि छ। पहरोमा रहेको ढुंगामा घोडाको छाँप टाँसिएको जस्तो आकृति हेर्नका लागि आन्तरिक एवं बाह्य पर्यटकहरू बेलाबेला यस क्षेत्रमा पुग्ने गर्छन्। 

भीरको पहरोमा देखिने घोडाको छाँप र चिम्टाले खनेको पोखरी नै लेखपोखरा क्षेत्रका प्रमुख आकर्षक क्षेत्र हुन्। प्रशस्त सम्भावना हुँदाहुँदै पनि भौतिक संरचना र प्रवर्द्धनको कमीले ओझेलमा परेको लेखपोखरा क्षेत्रमा गत वर्षदेखि पर्यटकहरूको आगमन बढ्दै जान थालेको हो। वर्षको एकदिन माघेसंक्रान्तिका दिन यहाँ विशेष मेला लाग्ने गर्छ। 

समुन्द्री सतहदेखि करिब २ हजार मिटर उचाईमा अवस्थित लेखपोखरामा आकर्षक ऋषिकेश मन्दिर समेत निर्माण गरिएको छ। गुल्मीको अग्ला भूभागहरूमध्ये यो पनि एउटा महत्वपूर्ण गन्तव्य हो। यहाँ बाह्रैमास शीतलता हुने गर्छ। तराईको उच्च गर्मीले तड्पिएका पर्यटकहरू पुग्नका लागि यो आकर्षक गन्तव्यका रुपमा रहेको छ। 

लेखपोखरा क्षेत्र पिकनिक स्थलको रुपमा अझ बढी चर्चित छ। ‘फाट्टफुटट् आन्तरिक पर्यटकहरू आएपनि सोँचे अनुसार पर्यटकहरूको आवागमन भएको देखिदैन्’,स्थानीय चन्द्र गिरीले भने,‘यसको संरक्षण र प्रवर्द्धनमा हामी सवै लाग्नुपर्छ। अझबढी सरकारले चासो राख्नुपर्छ।’

लेखपोखरा डाँडाबाट अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे लगाएत हिमश्रृखंलाहरूको नजिकैबाट दृश्वालोकन गर्न सकिन्छ। गुल्मीका अधिकांश भूभागहरू सहित छिमेकी जिल्ला बाग्लुङ, पर्वत, प्यूठान र अर्घाखाँचीका रमणीय ठाउँहरू यहाँबाट दृश्वालोकन गर्न सकिन्छ।

ऐतिहासिक र पुरातात्विक हिसावले पनि यसक्षेत्र महत्वपूर्ण मानिन्छ। १७१२ सालमा रुरु गाउँपालिकास्थित बलेटक्सारका तपस्वि बालानन्द ज्ञवालीले तपश्या भ्रमणको शिशिलामा लेखपोखरीको निर्माण गरेको इतिहास रहेक छ। 

उक्त समयमा ज्ञवालीले जंगलको बासबसी, कन्दमुल खाएर फलामको ‘चिम्टा’ले पोखरी निर्माण गरेको किम्वदन्ती रहेको छ। सुरु सुरुमा यस पोखरी क्षेत्रमा कुस्ती, भजनकिर्तन र दोहोरी गाउँने गरिएपनि हिजोआज बन्द गरिएको छ। 

पर्यटकहरूको बसाई लम्बाउने गरी छापहिले गाउँमा ‘होमस्टे’ सञ्चालन गर्नसकने पर्यटकहरू थप आकर्षित हुनसक्ने स्थानीयको भनाइ छ। सालझण्डी–ढोरपाटन सडक नजिकै रहेको यस क्षेत्रमा पुग्नका लागि सडकको सहज सुविधा समेत छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.