बझाङमा जंगली च्याउ खाँदा दाजु-बहिनीको मृत्यु

बझाङमा जंगली च्याउ खाँदा दाजु-बहिनीको मृत्यु
फाइल तस्बिर।

बझाङ : बझाङमा जंगली च्याउ खाँदा दाजु-बहिनीको ज्यान गएको छ । जयपृथ्वी नगरपालिका -६ नौरामा जंगली विषालु च्याउ खाँदा नौराका स्थानीय लक्ष्मण कठायतकी ७ वर्षीया छोरी सञ्जिला र ११ वर्षीय छोरा सुदिपको उपचारको लागि धनगढी लैजाँदै गर्दा ज्यान गएको हो । 

बुधबार राति घरमाथिको जंगलबाट ल्याएको च्याउ खाँदा लक्ष्मण कठायतका श्रीमती, एक छोरा र एक छोरीसहित तीनजना गम्भीर बिरामी भएका थिए । सञ्जीलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि तत्कालै डडेल्धुरा रेफर गरिएको थियो।  उनको बाटोमै र उनका दाइ सुदिपको डडेल्धुरा अस्पतालमा उपचारपछि धनगढी लैजाँदै गर्दा बिहीबार राति बाटोमै ज्यान गएको हो । 

लक्ष्मण कठायतकी श्रीमती पुनीकला कठायत भने जिल्ला अस्पताल बझाङमा उपचारपछि घर फर्किएकी छन्। उनको अवस्था अहिले सामान्य रहेको जयपृथ्वी नगरपालिका ६ का वडाध्यक्ष नरेन्द्र बहादुर सिंहले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.