डेढ महिनापछि हेटौंडा सिमेन्टको उत्पादन सुरु

डेढ महिनापछि हेटौंडा सिमेन्टको उत्पादन सुरु
सुन्नुहोस्

हेटौंडा : कोइला आपूर्ति गरेर हेटौंडा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन कार्य पुनः सुरु गरेको छ। पर्याप्त कोइला नहुँदा विगत डेढ महिनादेखि उद्योगबाट सिमेन्ट उत्पादन हुन सकेको थिएन। 

उद्योग व्यवस्थापनले बोलपत्रमार्फत् २ हजार ५ सय मेट्रिक टन कोइला आपूर्ति गरेर आजबाट उत्पादन सुरु गरेको महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए। उनले थप ३ हजार मेट्रिक टन कोइलाको आपूर्ति गर्न बोलपत्र आह्वान भइसकेको बताए। 

उत्पादन भएका झण्डै २ लाख २५ हजार बोरा सिमेन्ट बिक्री गर्न नसक्दा उद्योगले आर्थिक संकट व्यहोरिरहेको समेत पाण्डेले बताए। उनले भने, ‘करिब ४ दशक पुरानो उद्योगको मेसिनहरु जीर्ण अवस्थामा रहँदै आएकाले क्षमता अनुसार उत्पादन हुन सकेको छैन। विद्युत खपततर्फ पनि मासिक १ करोड ६० लाख रुपैयाँको खर्च बढेको छ। हामी मुनाफामा होइन, आर्थिक संकटतर्फ जाँदै छौँ।’

अन्य सिमेन्टको तुलनामा हेटौंडा सिमेन्ट महंगो भएपछि उपभोक्ताले खरिद गर्न नसकेको समस्यालाई मध्येनजर गर्दै ५० केजीको एक बोराको मूल्य ७३० बाट घटाएर ६४९.७५  रुपैयाँ पुर्‍याइएको समेत उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.