सरकारमाथि ठूलो दबाब सिर्जना गरिएको छ : प्रधानमन्त्री दाहाल

सरकारमाथि ठूलो दबाब सिर्जना गरिएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमाथि ठूलो दबाब सिर्जना गरिएको बताएका छन्। भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिने हुन् कि भन्ने विषयमा सरकारमाथि ठूलो प्रश्न तेर्स्याइएको उनको भनाइ छ। 

समाजवादी मोर्चाको पोखरा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारीविरुद्धको अभियान सानो मनले सुरु नभएको प्रस्ट पारे। 'सरकारमाथि विभिन्न प्रश्न तेर्साएर दबाब सिर्जना गरिएको छ। अन्तिमम भ्रष्टाचारीहरुलाई उन्मुक्ति पो दिने हुन् कि? आफ्ना मान्छेलाई बचाउने पो हुन् कि? तर भ्रष्टचारविरुद्धको यो अभियान सानो मन, सानो विचार, सानो उद्देश्यले गरिएको होइन,' उनले भने।

उनले आफ्नै मान्छे परे पनि कोसैलाई नछोड्न प्रहरीलाई निर्देशन दिएको बताए। 'मैले प्रहरी, सेक्युरिटी फोर्स र अनुसन्धानकर्तालाई भन्दै आएको छु। निष्पक्ष र निस्वार्थरूपमा अनुसन्धान गर्नुसस्। जो जो दोषी देखिन्छन् पक्रनुस्। चाहे त्यो माओवादी, कांग्रेस, एमाले, समाजवादी जोसुकै होस्,' उनले भने।

उनले प्रतिवेदनमा नाम उल्लेख गरेर पक्राउ नगरी प्रहरीले नै आफूहरूको बदनाम गर्न खोजेको बताए। 'प्रतिवेदनमा नाम लेख्ने अनि गिरफ्तार नगरेर बदनाम गर्न खोजियो। जो जो दोषी देखिन्छन् गोदे हुन्छ, पक्रे हुन्छ,' उनले भने। 

उनले राम्रो काम गर्दासमेत विपक्षी दलले आफूलाई बोल्ने मौका नदिएको आरोप लगाए। 'भारत भ्रमणका क्रममा धेरै राम्रा सम्झौताहरू भएका थिए। द्विपक्षीय धेरै विषयमा छलफल भएको थियो। तर मुर्रा भैंसीमा ल्याएर मलाई सिध्याउन खोजे। बुझ्दै जाँदा मुर्रा भैंसी त किसानका लागि राम्रो कुरा रहेछ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.