महोत्तरीमा लागूऔषधसहित २ जना पक्राउ

महोत्तरीमा लागूऔषधसहित  २ जना पक्राउ
सुन्नुहोस्

महोत्तरी : महोत्तरीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। महोत्तरीको मनराशिस्वा नगरपालिका-२ स्थित इटहर्वा भोल्ही ग्रामीण सडक खण्डबाट धनुषा मिथिला नगरपालिका-९ का कृष्ण महतो र सोही मोटरसाइकल पछाडि रहेका सुभाष कुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो। 

प्रदेश–२–०३–०१४ प २६८१ नम्बरको सुपर स्पलेन्डर मोटरसाइकल चलाई आएको अवस्थामा चेक जाँच गर्दा मोटरसाइकलको सिटमुनिबाट एक्सिइन १०० एमएलको ४३ वटा बोतल बरामद भएको महोत्तरी प्रहरीले जनाएको छ। 

प्रहरी नियन्त्रणमा रहेको मोटरसाइकल र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.