बेरोजगारी दर घटाउँदै अमेरिका
वासिङ्टन : संयुक्त राज्य अमेरिकामा रोजगारीको दर बढेको छ। गत महिना रोजगारी दरमा आश्चर्यजनक वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ। बेरोजगारी सन् २०२२ को सुरुदेखि नै उच्च स्तरमा पुगेको छ।
श्रम विभागका अनुसार विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाले अगस्टमा १ लाख ८७ हजार रोजगारी थपेको छ। तर, ज्याला वृद्धिमा सुस्तता देखिएको र बेरोजगार दर ३.८ प्रतिशत पुगेको छ। जुन र जुलाईका लागि रोजगारीको आँकडा दुवैमा गिरावट आएको छ। नयाँ नियुक्ति लिनेहरूको समग्र संख्याहरूले भर्तीको स्थिर गतिलाई संकेत गर्छ भने श्रम बजारले सहजताको संकेत देखाउँछ।
नीति निर्माताहरूले माग कम गर्न र उच्च मुद्रास्फीतिमा लगाम लगाउन संघर्ष गरिरहेका छन्। फेडरल रिजर्भले ब्याजदरहरूलाई द्रूत गतिमा वृद्धि गरेको छ।
(रासस/एएफपी)