ठूला कार्यक्रमका लागि किन रोजाइमा पर्छ बुटवल ?

एमालेको अधिवेशनले बुटवलमा चहलपहल

ठूला कार्यक्रमका लागि किन रोजाइमा पर्छ बुटवल ?
सुन्नुहोस्

बुटवल : नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनले बुटवलमा चहलपहल बढाएको छ। हजारौँ नेता, कार्यकर्ताहरु बुटवलमा आएकाले यहाँको चहलपहल बढेको हो। 

१२ जिल्लाका प्रतिनिधिसहित नेता, कार्यकर्ता र सुभेच्छुक गरी झण्डै दश हजार जनाको उपस्थिति हुने नेकपा एमाले लुम्बिनी प्रदेशका प्रचार तथा प्रकाशन विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए।

शनिबारदेखि बुटवल रामनगरस्थित बुटवल मण्डपको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन हुँदैछ। पहिलो दिन उद्घाटन शत्र र आइतबार नयाँ नेतृत्व चयनका लागि बन्द शत्र चल्ने छ। 

nullनेतृत्वका लागि वर्तमान प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल आकांक्षी देखिएका छन्। तर, पार्टी केन्द्रीय नेतृत्व सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिरहेको छ। लुम्बिनी क्षेत्रकै नेता भएकाले एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसँग जोडेर पनि नेतृत्वका लागि दौडधुप भएको पाइएको छ। 

लुम्बिनी प्रदेशको अस्थायी राजधानीको रुपमा रहेको बुटवल दाङको देउखुरीमा स्थायी राजधानी सरेसँगै बुटवलको चहलपहल घटेको व्यवसायीहरु सुनाउँछन्।

भौतिक पूर्वाधार सुविधाका हिसावले बुटवल ठूला ठूला कार्यक्रम सञ्चालनका लागि उपर्युक्त मानिन्छ। पाँचतारे होटलदेखि अन्तराष्ट्रिय सम्मेलन केन्द्र, विमानस्थल लगायत सुविधाले पनि ठूला कार्यक्रमका लागि बुटवल धेरैको रोजाइँमा पर्ने गरेको छ। प्रदेश स्तरीय कार्यक्रम प्रदेशकै स्थायी राजधानी दाङमा गर्नुपरेमा त्यहाँ ठूलो संख्यामा धान्न सक्ने पूर्वाधार अझै छैन। 

अधिवेशनको उद्घाटनका लागि एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरु बुटवल आइसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.