अमेरिकाको माउ टापुको जंगलमा आगो लाग्दा ३८५ जना बेपत्ता
लस एन्जलस : अमेरिकाको हवाई राज्यको माउ टापुको जंगलमा लागेको आगलागीपछि तीन सय ८५ जना अझै बेपत्ता भएका छन्।
माउ प्रहरी विभाग र अमेरिकी संघीय अनुसन्धान ब्युरोले शनिबार संयुक्तरूपमा एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो।
माउइ जंगलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर एक सय १५ जनाले ज्यान गुमाएका छन्। अधिकांशको मृत्यु माउइको समुद्री किनारको लहाइनमा गत साउन २३ गते लागेको डढेलोमा परेर भएको हो।
प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ। दशकौंपछि भएको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन्। सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए।