वैशाख १५ गतेदेखि थाक खेलकुद प्रतियोगिता
जोमसोम : थाक खेलकुद प्रतियोगिता वैशाख १५ गतेदेखि सञ्चालन हुने भएको छ। थाक खेलकुद तथा सांस्कृतिक विकास संघले मुस्ताङको मोफसलका रुपमा सञ्चालन गर्दै आइरहेको प्रतियोगिता वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।
शनिबार थासाङको कावाङमा सम्पन्न संघको संयुक्त बैठकले बर्सेनि असोज महिनामा सञ्चालन हुँदै आइरहेको प्रतियोगितालाई वैशाख महिनामा सार्ने निर्णय गरेको हो।
अब हुने थाक खेलकुद प्रतियोगितामा पुरुष भलिबलको च्याम्पियनले नगद एक लाख एक हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद ६५ हजार एक सयसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन्।
यसैगरी तारा खेलको च्याम्पियनले नगद ३० हजार र उपविजेता टोलीले २० हजारसहित शिल्ड,मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन्। दुवै इभेन्टका सर्वोत्कृष्ट खेलाडीले नगद तीन/तीन हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्।