कोल्टीबाट रिफर गरिएका बिरामीको जहाजमै मृत्यु
बाजुरा : शनिबार कोल्टीबाट रिफर गरिएका बिरामीको जहाजमै मृत्यु भएको छ। मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका-३ का दलजित कटेल रहेका छन्।
उनलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो। कटेल एपेन्डिसाइटिसका बिरामी रहेको बुझिएको छ।