डेङ्गु संक्रमणबाट दार्चुलामा एक किशोरीको मृत्यु
दार्चुला : दार्चुलामा डेङ्गु संक्रमणका कारण एक किशोरीको मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका-९ दत्तुस्थित राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्यनरत १४ वर्षीया किशोरी जेलिना चैसिरको डेङ्गु रोगको उपचारका क्रममा भारतको हलद्वानीमा मृत्यु भएको हो।
जेलिनालाई केही दिन पहिले ज्वरो आएपछि उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो । दार्चुला अस्पतालमा परीक्षण गर्दा डेङ्गु देखा परेपछि उपचार गरिएको थियो ।
घरफर्केपछि फेरि ज्वरोले च्यापेपछि उपचारका लागि भारतको पिथौरागढ लगिएको थियो । पिथौरागढमा समेत उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतकै हलद्वानी रेफर गरिएको थियो ।
शनिबार उपचारका क्रममा हलद्वानीमा जेलिनाको मृत्यु भएको राष्ट्रिय मावि दत्तूका प्रधानाध्यापक राजेश सिंह सामन्तले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
७