भ्रष्टाचारी जोसुकै होस् कसैलाई पनि छोड्नु हुँदैन :  पर्यटनमन्त्री

भ्रष्टाचारी जोसुकै होस् कसैलाई पनि छोड्नु हुँदैन :  पर्यटनमन्त्री

विराटनगर : संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भ्रष्टाचारी जोसुकै होस् कानुनको दायरामा ल्याउनुपर्ने बताएका छन्। आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पर्यटनमन्त्री किराँतीले सबै भ्रष्टाचारसम्बन्धी मुद्दामा सुक्ष्म ढंगले अनुसन्धान हुनुपर्ने बताए।

'भ्रष्टाचार मुद्दामा सरकारले व्यवसायिक र कानुनी ढंगले छानबिन गर्नुपर्छ। सबै भ्रष्टाचारी जोसुकै होस् कसैलाई पनि छोड्नुहुँदैन,'उनले भने,'दूधको दूध पानीको पानी छुट्याउनुपर्छ।'

सुन प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पृर्वसभामुख कृष्णबहादुर महरालाई सरकारले किन पक्राउ नगरेको भनी पत्रकारले सोधेको प्रश्नमा मन्त्री किराँतीले सुन प्रकरणमा अनुसन्धान जारी रहेकाले पक्राउ गरिहाल्नुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिए।

' सुन प्रकरणमा संलग्न भए/नभएको पुष्टि गर्न महराको छोरा अनुसन्धानको दायरामा आउनु भएको छ। अनुसन्धान जारी छ,'उनले भने,'अनुसन्धान गर्दै जाँदा म आएपनि मलाई नछोड्नु भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले बोल्दै हिँड्नु भएको छ।  भ्रष्टाचारीलाई छोडिनु हुँदैन। निर्दोष फस्नु हुँदैन।'

उनले हल्लाको भरमा नभइ जरैदेखि अनुसन्धान हुनुपर्ने बताए। 

तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि पूर्वसभामुख महरा र उनका छोरा राहुलको संलग्नता रहेको सीआईबीको अनुसन्धानले देखाएको छ।  इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको  थियो। तर हालसम्म महराविरुद्ध मुद्दा चलाइएको छैन।

सोही प्रकरणमा राहुल पक्राउ परेपनि महरालाई पक्राउ नगरेको विषयमा सरकारको आलोचना भइरहेको छ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.