मृत्युमार्ग बन्दै सडकमार्ग

मृत्युमार्ग बन्दै सडकमार्ग
सुन्नुहोस्

सडक सुरक्षा मुख्यगरी सवारीसाधन, चालक र सडकसँग जोडिने विषय हो। तर यी तीनवटै पाटालाई चुस्तदुरुस्त अवस्थामा राख्ने र यिनको अवस्था चेकजाँच गर्ने प्रणालीको विकास राज्यले अहिलेसम्म गर्नै सकेको छैन।

समाजका लागि यातायात आधारभूत आवश्यकता हो। यातायातको अभावमा मानिसको जीवनले गति लिन त्यति सम्भव हुँदैन। जलमार्गको सम्भाव्यता कम रहेको, रेलमार्गको विकास भइनसकेको र हवाईमार्गमा अधिकांश नागरिकको पहुँच नरहेको वर्तमान अवस्थामा नेपाली नागरिकका लागि सडक यातायात नै भरपर्दाे माध्यम बनेको छ। सडकमार्ग नेपालीहरूका लागि विकल्पको रूपमा रहेको छ। तर, सडक दुर्घटना र दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या न्यूनीकरण हुन नसक्दा सडकमार्ग मृत्युमार्ग बन्दै गएको छ। सडक दुर्घटना नभएको दिन सायदै छ।

नेपालको सडक सञ्जाल ८० हजार किलोमिटरको हाराहारीमा रहेको देखिन्छ। सरकारी तथ्यांकले दैनिक औसतमा आठजनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको देखाउँछ। वर्षमा करिब २९ सयजनाको मृत्यु हुने गरेको देखिन्छ। त्यस्तै अंगभंग हुनेको संख्या हजारौंमा रहेको छ। बर्सेनि बढ्दो सडक दुर्घटनाका कारण देशले आर्थिक रूपमा सक्रिय ठूलो जनसंख्या गुमाउनु परेको छ। सडक दुर्घटना संसारमै मानव मृत्युको प्रमुख कारणमध्येको एक हो। सशस्त्र हिंसा, विनाशकारी भूकम्प र कोभिड—१९ लगायतका विपद् वा महामारीभन्दा सडक दुर्घटनाको कारण ज्यान गुमाउनेको तथ्यांक उच्च रहेको छ। तर, सडक दुर्घटनाको सम्बन्धमा सरकार सामान्य छानबिनसम्म पनि गर्न रुचि देखाउँदैन्।

प्राकृतिक विपद्लाई रोक्न असम्भव रहेजस्तै सडक दुर्घटनालाई पनि शून्यमै झार्न त सम्भव छैन। यो चुनौतीको रूपमा जहिल्यै पनि रहिरहन्छ, तर यसतर्फ बेलैमा ध्यान दिन सके न्यूनीकरण अवश्य गर्न सकिन्छ। अनाहकमा ज्यान गुमाउने धेरै उत्पादनशील जनशक्तिलाई बचाउन सकिन्छ। सडक दुर्घटनाको विश्वव्यापी अनुपातलाई हेर्ने हो भने नेपाल यति धेरै सडक दुर्घटना हुने मुलुकमा पर्छ। विकसित मुलुकको तुलनामा नेपालमा कयौं गुणा दुर्घटना हुन्छ।

नेपाल दक्षिण एसियामै कम सवारीसाधन भएको मुलुकमा पर्छ, तर दुर्घटनाको तथ्यांकले नेपाललाई धेरै दुर्घटना हुने मुलुकको रूपमा देखाउँछ। यसको सोझो अर्थ हो यहाँ सडक सुरक्षामा हेलचक्र्याइँ छ। यस्तै अवस्था रहिरहे दुर्घटना नभोगेको परिवार मुलुकमै नहुने अवस्था एक दिन नआउला भनेर भन्न सकिँदैन। नेपालमा सडक दुर्घटनाको प्रकृति हेर्दा, सहरमा हुने दुर्घटनामा मृत्यु कम हुने र ग्रामीण क्षेत्रमा धेरै मृत्यु हुने देखिन्छ। त्यसमा एउटा कारण सहरी क्षेत्रमा सवारीको गति कम हुनु पनि हो, तर अन्य धेरै कारण छन्।

नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारण सडकको प्राविधिक अवस्था, चालकको लापरबाही र ट्राफिक नियम पालन नगरी सवारी चलाउनु नै रहेको छ। सवारीसाधन आफैंमा दुर्घटनाका कारण होइनन्, यसको असावधानीपूर्वकको सञ्चालन र सञ्चालन गर्न बनाइएको पूर्वाधार मुख्य समस्या हो। सवारी दुर्घटना दिनप्रतिदिन वृद्धि हुँदै गए पनि यसलाई न्यूनीकरण गर्ने प्रयास निकै फितलो देखिएको छ। यसका लागि सवारी सुरक्षासम्बन्धी दीर्घकालीन रणनीतिको खाँचो रहेको छ।

सडक सुरक्षा मुख्यगरी सवारीसाधन, चालक र सडकसँग जोडिने विषय हो। तर यी तीनवटै पाटालाई चुस्तदुरुस्त अवस्थामा राख्ने र यिनको अवस्था चेकजाँच गर्ने प्रणालीको विकास राज्यले अहिलेसम्म गर्नै सकेको छैन। राज्यले आफ्नो कमजोरी ढाकछोप गर्न मौसमी रूपमा सचेतना अभियान र प्रचारात्मक कार्यक्रम मात्र सञ्चालन गर्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.