एमाले लुम्बिनी सचिवमा आचार्य निर्विरोध
बुटवल : एमाले लुम्बिनी प्रदेशको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन्। सचिवका अर्का प्रत्यासी गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता गरेपछि आचार्य निर्विरोध भएका हुन्।
आचार्य यसअघि तदर्थ कमिटीको पनि प्रदेश कमिटी सचिव थिए। आचार्य नेकपा एमाले दाङको पूर्व अध्यक्ष समेत हुन्। अन्य पदमा निर्वाचित प्रक्रिया सुरु भएको छ।