निजगढमा विमानस्थल बनाउन जोड

पोखरा : अर्थमन्त्री डा. प्रकाशरण महतले काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल सानो भएकोले पर्यटक आउन चाहेर पनि आउन सक्ने अवस्था नरहेकोले यसको विकल्पमा बाराको निजगढमा विमानस्थल बनाउनु पर्नेमा जोड दिएका छन्। काठमाडौंको विमानस्थलको क्षमता कम भएकाले पर्यटक आउन चाहेर पनि आउन नसक्ने अवस्था रहेकाले निजगढमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उनले भनेका हुन्।
पोखरा पर्यटन परिषद्को २३औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री महतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर निजगढसम्म जोड्ने फास्ट ट्याक निर्माण गरेर पर्यटकको आगमन बढाउन सकिने बताए। गण्डकी प्रदेश पर्यटनका लागि सबैभन्दा पोटेन्सियल प्रदेश रहेको सुनाउँदै अर्थमन्त्री डा. महतले अलिकति समस्या आउँदैमा निराश नहुन र धैर्य गर्न पर्यटन व्यवसायीलाई सुझाव दिए। देशको अर्थतन्त्र सकारात्मक बाटोतर्फ उन्मुख हुँदै गएको पनि महतले सुनाए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा धेरै ठूलो लगानी भएको महतले सुनाए। विमानस्थल निर्माणमा कयौं गुणा कष्ट ओभर बढाएको पनि बताए। सम्पूर्ण देशले यहाँको विमानस्थलका लागि लागनी गरेको पनि उनले सुनाए। साँवा र ब्याज तिर्नुपर्ने बेला भएको छ तर रनिङ कष्ट निकाल्न पनि नसकिएको उनले सुनाए। पोखरा विमानस्थलमा ठूलो लगानी छ अब कसरी सुचारु गर्ने सरकारलाई चुनौती रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
