एमाले लुम्बिनी अधिवेशन : ९६ प्रतिशत मत खस्यो, नतिजा आजै

एमाले लुम्बिनी अधिवेशन : ९६ प्रतिशत मत खस्यो, नतिजा आजै
सुन्नुहोस्

बुटवल : नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि बुटवलमा भएको मतदानमा ९६ प्रतिशत मत खसेको छ। मंगलबार प्रदेशभरीका एक हजार ५ जना मतदातामध्ये ९ सय ६५ जनाले मतदान गरेको निर्वाचन मण्डलले जनाएको छ। 

आजै मतगणना सुरु हुने र राति अबेरसम्म नतिजा सार्वजनिक हुने निर्वाचन मण्डलले बताएको छ। बुटवलको चर्को गर्मीमा लाइन लागेर मतदाताहरूले नेतृत्वका लागि मतदान गरेका छन्। 

प्रदेश कमिटी अध्यक्ष सहितको पदमा प्यानल नै बनाएर दुवै पक्ष चुनावमा होमिएका छन्। अध्यक्ष पदका लागि पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन्। 

रिजाल बहालवाला केन्द्रीय सदस्य पद त्यागेर प्रदेश अध्यक्ष बन्नका लागि प्रतिस्पर्धामा होमिएका हुन्। एमालेको प्रादेशिक स्तरको यो पहिलो अधिवेशन हो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.