कागबेनी बाढी पीडितलाई आर्थिक सहयोग

कागबेनी बाढी पीडितलाई आर्थिक सहयोग
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीका बाढी पीडितहरूको सहयोगार्थ संकलन गरिएको मंगलबार पालिकालाई हस्तान्तरण गरिएको छ । मार्फा थकाली युवा सञ्जालकी अध्यक्ष सुकु हिराचनले बाढी प्रभावित क्षेत्रको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङ समक्ष ५ लाख ६३ हजार ६२० रुपैया रकमको चेक हस्तान्तरण गरिन् ।

मार्फा थकाली युवा सञ्जाल कास्की पोखराकी अध्यक्ष सुकु हिराचनको पहलमा मार्फा थकाली समुदाय अन्तर्गतका व्यक्तिहरूबाट मुस्ताङको कागबेनी बाढी प्रभावित क्षेत्रका पीडितको सहयोगार्थ आर्थिक सहयोग संकलन गरेको छ ।

सञ्जालद्वारा संकलित आर्थिक राहत रकम हस्तान्तरण गर्न सञ्जालकी अध्यक्ष हिराचनसहित सदस्य निरु हिराचन पोखराबाट मुस्ताङ आएका थिए । उनीहरुले  प्रभावित क्षेत्रको पालिका कार्यालयमा पुगेर स्थानीय तहको विपद् उद्दार राहत कोषमा जम्मा गर्न नगद उल्लेख गरिएको चेक हस्तान्तरण गरेका हुन् । 

राहत हस्तान्तरणका लागि नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकाली,मुस्ताङको घरपझोङ-मार्फाका गाउँ मुखिया एवं मिलिजुली युवा क्लबका अध्यक्ष सूर्यमान लालचन र गाउँमुखिया कविन्द्र ज्वाहारचन लगायतले सञ्जाललाई सहजीकरण गरेका थिए ।

सञ्जालद्वारा आयोजित राहत हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष डिकी गुरुङ,प्रमुख प्रशासकीयअ अधिकृत होमबहादुर थापामगर र लेखा अधिकृत अमृतप्रसाद रेग्मीको उपस्थिती रहेको थियो । सो अवसरका सञ्जालकी अध्यक्ष सुकु हिराचनले संस्थाको पहल राहत सहयोग गर्ने व्यक्तिहरुको नाम वाचन गरेर सुनाएकी थिइन् ।

बाढी प्रभावित क्षेत्रका लागि राहत हस्तान्तरण लेखिएको ब्यानरमा हस्ताक्षर गर्दै वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले सञ्चालले संकलन गरी उठाएर हस्तान्तरण गरिएको रकम विपद् पीडितको उद्दारमा खर्च गरिने जानकारी दिए । उनले मुस्ताङसँग सम्बन्ध जोडिएर जिल्लाबाहिरबाट भौतिक उपस्थिती भएर सहयोग गर्ने मार्फा थकाली युवा सञ्जाललाई धन्यवादसहित आभार व्यक्त गरे ।

संस्थाकी अध्यक्ष हिराचनले प्राकृतिक विपदमा परेकाहरुको सहयोगका लागि सञ्जालले विगतदेखि आर्थिक राहत संकलन गरी सम्बन्धित क्षेत्रमा सहयोग गर्ने गरेको बताईन् । आपत र विपद्का बेला सहयोग गर्नुनै मानवीय धर्म हुने उल्लेख गर्दै अध्यक्ष हिराचनले बाढी प्रभावित क्षेत्रका लागि मानवीय राहत सहयोग लिएर आफुहरु यहाँसम्म आएको बताइन् ।

मार्फा थकाली युवा सञ्जाल कास्की पोखरा २०७२ सालमा स्थापना भएको हो । संस्थाले प्राकृतिक विपद्मा परेका व्यक्तिहरूको सहयोगका लागि निरन्तर समुदायमा रकम संकलन गरी राहत प्रदान गर्दै आइरहेको संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.