प्रशासकीय अधिकृतको सरुवा र थमौतीमा सुनवलका मेयर-उपमेयरबीच लडाइँ

प्रशासकीय अधिकृतको सरुवा र थमौतीमा सुनवलका मेयर-उपमेयरबीच लडाइँ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

परासी : नवलपरासीको सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको सरुवा र थमौतीको विषयमा मेयर/उपमेयरबीचको टकराव बढेको छ । मेयर विमला अर्याल प्रमुख प्रशासकीय अधिकृतको थमौतीको पक्षमा छन् भने उपमेयर सूर्य दुबे सरुवाको पक्षमा छन् । 

दुबैजना एमालेबाट निर्वाचित हुन् । निर्वाचित भएदेखि नै उनीहरु बीच खटपट छ । नगरपालिकाको अधिकांश काम कारबाहीको विषयलाई लिएर मेयर र उपमेयरबीच टकराव हुँदै आएको छ । पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर उनीहरु बीचको टकराव झन् बढेको हो । 

प्रमुख प्रशासकीय अधिकृतको काम कारबाहीप्रति नगर क्षेत्रका राजनीतिक दल र केही कर्मचारीहरूको असन्तुष्टि बढेको गुनासोपछि प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई मन्त्रालयले दुई पटकसम्म सरुवा गरेको थियो । 

दुवैपटक भएको सरुवालाई मेयर अर्यालले थमौती गरेकी हुन् । पछिल्लो पटक उपमेयरकै अगुवाईमा केही कार्यपालिका सदस्यहरु प्रमुख प्रशासकीय अधिकृतको सरुवामा लागेका छन् ।

मेयर/उपमेयर दुवैले सरुवा र थमौतीको विषयमा आफू पक्षीय कार्यपालिकाका सदस्यहरूको बैठक बसालेर छुट्टाछुट्टै निर्णयसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्रसमेत पठाएका छन् । 

मेयर/उपमेयरले सरुवा र थमौतीको विषयमा राखेको बैठकमा सहभागी केही कार्यपालिका सदस्यले भने दुवैतिर हस्ताक्षर गरेका छन् । उपमेयर दुबेसहितका केही कार्यपालिकाका सदस्यहरूले हस्ताक्षर गरी सरुवा हुनुपर्ने कारण राखेर मन्त्रीलाई बुझाइएको पत्रमा भनिएको छ,‘प्रशासकीय अधिकृतको काम कारबाहीले जनप्रतिनिधिहरूको मानमर्दन हुँदा लज्जित हुन परेको,प्रशासनिक विकृतिहरू मौलाउँदै गएको,साधन स्रोतको चरम दुरुपयोग भएको र सुनवलको स्थानीय सरकारलाई भ्रष्टचाररहित बनाउनका लागि पनि प्रमुख प्रशासकीय अधिकृतको तत्काल सरुवा गरी योग्य,पेशागत,नैतिकता भएको,इमान्दार र कर्तव्यनिष्ठ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन पत्रमा अनुरोध गरिएको छ । '

उपमेयर दुबेले एक महिनाअघि सरुवाको पत्र मन्त्रीसमक्ष बुझाएको चाल पाएपछि मेयर अर्यालले कार्यपालिकाको बैठक बोलाएर थमौतीका लागि पुनः मन्त्रालयमा पत्र पठाएकी हुन् । मेयर अर्यालले पठाएको पत्रमा भनिएको छ, ‘अघिल्लो आ.व.को तुलनामा आ.व.२०७९/०८० मा भौतिक र वित्तिय प्रगति राम्रो रहेको,सुशासन तथा सेवा प्रभावमा उल्लेखनीय सुधार भएको छ ।’

प्रमुख प्रशासकीय अधिकृत आएको एक वर्ष मात्र भएको र निजको कार्य सम्पादनको स्तरसमेत राम्रो रहेकाले हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई नै आ.व. २०८०/०८१ मा सुनवलबाट अन्यन्त्र सरुवा नगरिदिन पत्रमा अनुरोध गरिएको छ । 

२०७९ भदौ १ गते नगरपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई पहिलो पटक गत माघ महिनामा कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सरुवा गरिएको थियो । त्यसैगरी दोस्रो पटक उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७९ चैत २२ गतेको निर्णयअनुसार भन्दै लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरिएको थियो ।

पहिलो पटकको सरुवामा अर्का प्रमुख प्रशासकीय अधिकृत नआउँदै मेयर अर्यालले मन्त्रालय पुगेर उनको थमौती गरेकी थिइन् । भने दोस्रो पटक भएको सरुवामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका रमेश गौतमलाई मेयर अर्यालले हाजिर गर्न दिएकी थिइनन् ।

तर, गौतमले १८ दिन नगरपालिकामा हाजिर गरेका थिए । त्यसपछि मेयर अर्यालले राजनीतिक दबाबमा पुन मरासिनीलाई नै थमौती गराएकी थिइन् । उपमेयर नै हाकिमको सरुवा गराउन किन लागे ? भन्ने प्रश्नमा मेयर अर्यालले भनिन्,‘एकवर्ष अघि सरुवा भएर आएदेखि नै लाग्नु भएको हो, उपमेयरलाई खानपिन मिल्नेदेखि सबै कुरा मिलेको छैन् त्यही भएर सरुवा गर्न लाग्नु भएको हो ।’ 

उपमेयर दुबेले भने मन्त्रालयमा पठाइएको पत्रमा उल्लेख भएकै कुरा दोहोराए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.