नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण

उदयपुर : स्थानीय सरकार सञ्चालन र ब्यवस्थापनसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले उदयपुरको त्रियुगा नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण दिएको छ। 

नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका लागि नेतृत्व विकास, सकरात्मक सोच र नगरपालिका सञ्चालन विधिसम्बन्धी प्रशिक्षण दिएको हो। जनप्रतिनिधि र कर्मचारीको काममा एकरुपता ल्याउन, अधिकार र जिम्मेवारीका बारेमा स्पष्ट गराउन प्रशिक्षण आयोजना गरिएको मेयर वसन्तकुमार बस्नेतले जानकारी दिए। 

जनप्रतिनिधिलाई आफ्नो अधिकार र कर्तव्यअन्तर्गत कानुनी व्यवस्थाका बारेमा जानकारी गराउँदा कार्य सम्पादनमा भिन्नता ल्याउने, सभा सञ्चालनमा स्पष्टता हुने, नागरिकलाई प्रभावकारी तथा छिटोछरितो कसरी सेवा प्रवाह गर्ने र सामुहिक जवाफदेही बनाउने लक्ष्य राखिएको उनले बताए।

कार्यक्रममा योजना तर्जुमा, बजेट प्राथमिकीकरण तथा कार्यान्वयन सीप, स्थानीय सरकारको अधिकार र कानून निर्माण प्रक्रिया तथा अभ्यास र व्यक्तित्व विकास, आत्म विकास, नेतृत्व सीप, नैतिकता र सदाचारका विषयमा संविधानविद् काशीराज दाहाल र स्थानीय शासन विज्ञ तथा पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले प्रशिक्षण दिएको उपमेयर महेश्वरी राईले बताइन्। 

प्रशिक्षकहरूले संघीय लोकतान्त्रिक संविधान र स्थानीय सरकार तहगत सरकारको समन्वय तथा अन्तर सम्बन्ध, लोकतन्त्र र संघियताको विश्व अभ्यास र नेपालका विषयमा पनि प्रशिक्षण दिएको उनले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.