सामसङले नेपालमा फाइब-जी सुरु गर्ने

सामसङले नेपालमा फाइब-जी सुरु गर्ने
सुन्नुहोस्

काठमाडौं : सामसङले निरन्तर नेटवर्क उपलब्ध गराउँदै नेपालमा फाइब-जी प्रविधि सुरु गर्ने तयारी गरेको छ। विश्वकै सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्राण्ड सामसङ नेपालमा आविष्कारको क्षेत्रमा सधैं अग्रणी रहँदै आएको छ। 

स्मार्टफोनको दुनियाँमा नयाँ उन्नत नवीनतम प्रविधि भित्राउनुमा सामसङको अलग्गै प्रतिष्ठा रहेको छ। फोल्डेबल स्मार्टफोन प्रविधिलाई उन्नत बनाउन, स्मार्टफोनबाट गर्न सकिने सम्भवताको परिधिहरूलाई निरन्तर रुपमा विस्तार गर्न, पहुँचयोग्य दायरामा पाइने फाइब-जी नेटवर्किङ क्षमताहरूका साथ निर्माण गरिएका सामसङका फोन वा सामसङको कनेक्तेड इकोसिस्टमका साथ विश्वलाई नजिक ल्याउनका लागि सामसङले सधैं नेपाली बजारमा आफ्नो ए-गेम ल्याउने गर्छ।

नेपालका दुई प्रमुख टेलिकम अपरेटरहरू, एनटीसी र एनसेलको नेपालभर विभिन्न ब्यान्ड र फ्रिक्वेन्सीहरू सञ्चालनमा छन। अहिले नेपालमा सञ्चालनमा रहेका सबै समान व्याण्डहरू टु-जीका लागि ब्याण्ड ८ ( ९०० मेगाहर्ज), थ्री-जीका लागि ब्याण्ड १ (२१०० मेगाहर्ज), फोर-जीको लागि ब्याण्ड ३ (१८०० मेगाहर्ज) सबै सँग सामसङले समर्थन गरेको छ। 

नेपाल टेलिकमले VoLTE विस्तार गर्ने दौरानमा आफ्नो LTE / 4-जी नेटवर्कलाई साथ दिन एक अतिरिक्त समान ब्याण्ड २०( ८०० मेगाहर्ज) प्रस्तुत गरेको थियो। सामसङले यसको परीक्षण गरिएपश्चात् आफ्ना उपकरणहरूमा सामसङले त्यसको प्रयोग पनि गरेको थियो। यस लगाएतै सन् २०२० देखि नेपालमा सामसङ ब्याण्ड २० समर्थित पहिलो मोबाइल ब्राण्ड बनेको हो।

सामसङले नेपालमा सञ्चालनमा रहेका २ मुख्य सञ्चालक एनटिसि र एनसेलहरूको यी सबै ब्याण्डहरू र फ्रिक्वेन्सीहरूको संचालनमा देहायबमोजिम साथ दिँदै आएको छ।

नेपालका टेलिकम कम्पनीहरूले फाइब-जी नेटवर्क शुरु गर्ने दिशामा कार्य गरिरहेका छन् र देशमा संचालित सबै नेटवर्क सञ्चालकहरूले यो प्रविधिको व्यवसायिकरण गरेसँगै प्रयोगकर्ताहरूले आफ्नो फाइब-जीका लागि तयार रहेको उपकरणहरूमा अन्ततः तीव्र गतिको इन्टरनेट सेवाको मज्जा लिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.