गृहमन्त्रीको राजीनामा माग गर्दै हेटौंडामा प्रदर्शन

गृहमन्त्रीको राजीनामा माग गर्दै हेटौंडामा प्रदर्शन

हेटौंडा : गृहमन्त्रीको राजीनामा माग गर्दै हेटौंडामा प्रदर्शन गरिएको छ। नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको घटनालाई लिएर तरुण दल र नेवि संघ मकवानपुरले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै हेटौंडामा मसाल जुलुससहितको प्रदर्शन गरेको हो।

आज साँझ हेटौंडा–२ स्थित कांग्रेस पार्टी कार्यालयबाट बुद्धचोकसम्म गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन भएको हो। तरुण दल र नेवि संघका युवाहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको निष्पक्ष छानविनसहित दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन्। 

‘हाम्रो पार्टीका नेता रिर्पोटर्स क्लबबाट बाहिरिने क्रममा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको छ। खुकुरी प्रहार गर्नेले गृहमन्त्रीको आदेश भनिरहेका छन्। घटनामा संलग्नलाई हदैसम्मको कारबाहीको माग हामी गर्दछौं।’, तरुण दल केन्द्रीय सदस्य राजेश भेटवालले यादवमाथि आक्रमण गर्ने गराउने, गराउन उक्साउने, पर्दा पछाडी बसेर निर्देशन दिने जो कोही 

व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरी दोषी उपर कडाभन्दा कडा कारवाहीको माग गरेका छन्। कांग्रेस मकवानपुरका युवा नेता विकेशलाल श्रेष्ठ र नेवि संघका केन्द्रीय सदस्य मिलन पुडासैनीले पछिल्लो समय कांग्रेसमाथि लगातार प्रहार भइरहेको भन्दै तरुण र विद्यार्थी अब मौन बस्न नहुने बताए। 

त्यस्तै कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले घटनाका दोषी र आक्रमण गर्नका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नेको पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसमक्ष आग्रह गरेका छन्। उनले घाइते यादवको पूर्ण स्वास्थ्य लाभको कामना समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.