समयसीमा सकिन लागेपछि कालोपत्रे सुरु

समयसीमा सकिन लागेपछि कालोपत्रे सुरु
सुन्नुहोस्

जोमसोम : समयसीमा सकिन लागेपछि उत्तरी कोरला नाका जोड्ने राष्ट्रिय गौरवको जोमसोम-कागबेनी सडकमा कालोपत्रे सुरु गरिएको छ। आउँदो असोजमा काम सकिनुपर्ने समयसीमा रहेकोमा बल्ल काम अघि बढेको हो। सडकको म्याद ३ असोजमा सकिँदै छ। तर हालसम्म यसको भौतिक प्रगति एक चौथाइ मात्र छ।

अनुकुल मौसममा समेत निर्माण कम्पनीले सडक स्तरोन्नतिको काम अलपत्र छाड्दा भौतिक प्रगति न्यून भएको हो। कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले २०७८ असोज ४ गते २८ करोड १४ लाख लागतमा रौटाहा आत्रेय जेभीले ठेक्का सम्झौता गरेको थियो।

जोमसोम-कागबेनी ग्राभेल सडकको थप स्तरोन्नति गरी अस्फाल्ट कालोपत्रे गर्न १८ महिनाको समयअवधि तोकिएको थियो। यो सडकमा निर्माण कम्पनीले कुल लागत आधा बढी रकमको बिलो छोडेर ठेक्का हात पारेको थियो।

जोमसोम-कोरला सडक अन्तर्गत निर्माण कम्पनीले जोमसोम-कागबेनी  १२ किमी र कागबेनी श्राद्धस्थलदेखि जोमसोम -कोरला मुख्य राजमार्गसडकसम्म थप १ किमी गरी कुल १३ किमी सडक स्तरोन्नति गरी कालोपत्रे गर्ने जिम्मा पाएको थियो। 

आयोजना अन्तर्गत यसअघि सम्पन्न भएको ग्राभेल सडकलाई ग्रेड मिलाउने,कटिङ गर्ने,मेशिनरी वाल लगाउने,वाल निर्माण गरी माटो फिलिङ गरी सडक चौडा गर्ने र करिव ३ स्थानमा १ किमी एकतर्फी ड्रेन निर्माण गरी कालोपत्रे गर्ने जिम्मा लिएको थियो।

तर,रौटाहा आत्रेय जेभीले जोईन भेन्जरका रुपमा ठेक्का सम्झौता गरे नि सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने जिम्मा आत्रेय निर्माण कम्पनीले एकल रुपले लिएको थियो।

आत्रेयले लगानी गर्न नसक्दा अपेक्षा गरिए अनुसारको भौतिक प्रगति हुन नसकेको आयोजना प्रमुख जगत प्रजापतिले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.