भोलिदेखि भारतमा सुरू हुने जी-२० सम्मेलनमा चीन र रसियाका राष्ट्रपति किन आउन चाहेनन्?

भोलिदेखि भारतमा सुरू हुने जी-२० सम्मेलनमा चीन र रसियाका राष्ट्रपति किन आउन चाहेनन्?
सुन्नुहोस्

नयाँ दिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा भोलिदेखि जी-२० सम्मेलन हुँदैछ। दुई दिन चल्ने सम्मेलनमा चीन र रसियाका राष्ट्रपति सहभागी नहुने भएका छन्।

युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी संगठनको नामले चिनिएको जी-२० शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिङपिङ र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने विषयले चर्चा पाएको छ। तर विश्वकै दुई ठूला राष्ट्रप्रमुखको अनुपस्थितिले केही फरक नपार्ने  एक जना पश्चिमा कूटनीतिकज्ञले बताएका छन्। 

भारतका लागि जर्मनीका राजदूत फिलिप एकरम्यानले रुसका राष्ट्रपति पुटिन र चीनका राष्ट्रपति जिङपिङको जी-२० शिखर सम्मेलनमा हुने अनुपस्थितिले कुनै फरक नपर्ने बताए। एएनआईसँगको अन्तर्वार्तामा राजदूत एकरम्यानले राष्ट्रपति पुटिन अघिल्लो शिखर सम्मेलनमा सहभागी नभएकाले उनको अनुपस्थितिलाई अचम्म मान्नुपर्ने केही कारण नभएको बताए। 

'चिनियाँ राष्ट्रपति सीको अनुपस्थितिले भने हामी अलिकति विस्मित भयौं तर उहाँको प्रतिनिधित्व चिनियाँ प्रधानमन्त्रीले गर्ने भएपछि यसले खासै फरक पार्दैन,' उनले भने। चिनियाँ धारणा प्रधानमन्त्रीबाट प्रस्तुत हुने उनको दाबी छ। 

एउटा देशको राष्ट्रपतिको अनुपस्थितिले यो शिखर सम्मेलनलाई छायामा पर्न दिन  नहुनेमा जोड दिँदै जर्मनीका राजदूतले जी-२० को स्थायी सदस्यताको लागि अफ्रिकी संघलाई आमन्त्रित गर्ने भारतको निर्णयको स्वागत गरे। उनले युरोपेली संघसँगै अफ्रिकी संघलाई पनि समावेश गर्ने भारतीय प्रयासलाई खुला हृदयले समर्थन गर्ने बताए। भारतको अध्यक्षताले जी-२० लाई नयाँ उचाइमा पुर्‍याएको उनले बताए। 

शिखर सम्मेलनको पूर्वसन्ध्यामा एक आलेख प्रकाशन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानव केन्द्रित विश्वविकासमा जोड दिएको बताए। उनले  साझा भविष्यका निम्ति विश्वका सबै मानवबीच एकता हुनुपर्ने, विश्ववासी एक परिवारका रूपमा हातेमालो गर्दै साझा प्रगति र समृद्धि प्राप्तिका लागि अघिबढ्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री मोदीले आर्थिक एवं औद्योगिकरूपमा कम विकसित देशहरूलाई एकैस्थानमा उभ्याउने ‘ग्लोबल साउथ’को अवधारणा तथा अफ्रिकाका विकासशील मुलुकका सीमान्तकृत आकांक्षालाई मूल प्रवाहमा समाहित गर्न अपरिहार्यं भएको विचार व्यक्त भारतका प्रधानमन्त्रीले दिगो विकासका लक्ष्य प्राप्तिमा भएका प्रगतिबारे जी-२० शिखर सम्मेलनमा समीक्षा हुने र लक्ष्यहरूको अक्षरसः कार्यान्वयनका लागि कार्यदिशा निर्धारण गर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.