विराटनगरबाट नौ लाख बढी रकमसहित एक जना पक्राउ

विराटनगरबाट नौ लाख बढी रकमसहित एक जना पक्राउ
सुन्नुहोस्

विराटनगर : विराटनगरबाट स्रोत नखुलेको नौ लाख रुपैयाँभन्दा बढी रकमसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का २६ वर्षीय कृष्ण चौधरी रहेका छन्। चौधरीको साथबाट नौ लाख १७ हजार सात सात सय ५५ नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए। उनका अनुसार विराटनगर–१४ मन्ठा पोखरीनजिकबाट चौधरी पक्राउ परेका हुन्। 

सशस्त्रले पक्राउ गरेका बेला उनी भारतबाट प्रदेश १–०२–०४९ प ४३६८ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै थिए। मोटरसाइकल रोकेर खानतलासी गर्दा सिटमुनि लुकाएर ल्याएको अवस्थामा स्रोत नखुलेको रकम फेला परेको थापाले बताए। 

चौधरीलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि शुक्रबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सशस्त्रले जनाएको छ। 

बरामद भएको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि, अनुसन्धानपछि थप विषय बाहिर आउने सशस्त्रले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.