हिक्मतकुमार कार्की कोसी प्रदेशको मुख्यमन्त्री नियुक्त

हिक्मतकुमार कार्की कोसी प्रदेशको मुख्यमन्त्री नियुक्त
फाइल तस्बिर

विराटनगर : नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोसी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। 

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतामा कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। केहीबेरमा उनको सपथ हुने छ। सर्वोच्च अदालतले उद्धव थापालाई पदमुक्त गर्दै कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न बिहीबार परमादेश जारी गरेको थियो। 

मुख्यमन्त्री कार्कीले ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। कार्की असार १५ गतेसम्म प्रदेशको मुख्यमन्त्री थिए। २०७९ पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका उनी नेतृत्वको सरकार संसदबाट विश्वास गुमाएपछि ढलेको थियो। त्यसपछि गठबन्धनबाट कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा असार २१ गते मुख्यमन्त्री नियुक्त भए। संविधानविपरीत तत्कालीन सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरबाट मुख्यमन्त्री नियुक्त भएका उनलाई साउन ११ गते सर्वोच्चले पदमुक्त गरेको थियो। 

त्यसपछि दोस्रोपटक साउन १६ गते थापा नै मुख्यमन्त्री नियुक्त भए। सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीलाई समेत प्रयोग गरेर संविधानविपरीत विश्वासको मत लिएपछि उनलाई सर्वोच्चले पदमुक्त गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.