यार्तुङ महोत्सवको उपाधि कर्मचारी टिमलाई

यार्तुङ महोत्सवको उपाधि कर्मचारी टिमलाई

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-२ झोङमा आयोजित पाँचौ यार्तुङ महोत्सवमा कर्मचारीको टिम सेभेन ए साइड फुटबलको उपाधि कर्मचारीको टोलीले जितेको छ। 

शुक्रबारदेखि सुरु भएको यार्तुङ महोत्सवमा सेभेन ए साइड मैत्री पूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। मैत्री पूर्ण सेभेन ए साइड फुटबल प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको टिम आमने-सामने प्रतिस्पर्धा गरेका थिए।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित यार्तुङ महोत्सव आयोजनाको जिम्मा वारागुङ-२ झोङले पाएको थियो। ​​​​​​​वारागुङ मुक्तिक्षेत्रमा गाउँपालिकाको आर्थिक सहयोगमा बर्सेनि विभिन्न गाउँहरूले आलोपालो महोत्सव सञ्चालन गर्ने गरेका छन्। 

वारागुङ-२ झोङ वडा कार्यालयको आयोजनामा भएको मैत्री पूर्ण सेभेन ए साइड फुटबल प्रतियोगितामा जनप्रतिनिधिको टिमलाई (३-०) गोल अन्तरले हराउँदै कर्मचारीको टिमले उपाधि रक्षा गरेको हो। झोङ खेल मैदानमा भएको खेलको निर्धारित (१५-१५) मिनेटमा दुवै टिमबीच गोलरहित बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो।  

जनप्रतिनिधि र कर्मचारीबीचको सुमधुर सम्वन्धलाई खेलका माध्यमबाट थप प्रगाढ बनाउन यार्तुङ महोत्सवमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको वारागुङ मुक्तिक्षेत्र-२ का वडाध्यक्ष न्होरु गुरुङले जानकारी दिए। 

वडाध्यक्ष गुरुङले हिमाली समुदाय अन्तर्गत गुरुङ समुदायको महत्वपूर्ण पर्व यार्तुङका अवसरमा बर्सेनि विविध कार्यक्रम आयोजना हुँदै आइरहेको बताए।

यार्तुङ महोत्सवलाई वारागुङ मुक्तिक्षेत्रले बर्सेनि १० लाख बजेट विनियोजन गर्दै आइरहेको गाउँपालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.