जाजरकोटमा अख्तियारको टोलीमाथि स्थानीयले गरे आक्रमण

जाजरकोटमा अख्तियारको टोलीमाथि स्थानीयले गरे आक्रमण
अख्तियारको सुर्खेत स्थित कार्यलय ।
सुन्नुहोस्

वीरेन्द्रनगर: अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि जाजरकोटमा स्थानीयले आक्रमण गरेका छन् । जाजरकोटको भेरी नगरपालिका वडा नं. ५ को निर्माणाधीन वडा कार्यालयको भवन निरीक्षण गर्न पुगेको अख्तियारको टोलीमाथि स्थानीयले आक्रमण गरेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

आक्रमणबाट एक जना घाइते भएका छन् । अख्तियारबाट पाँच जनाको टोली निरीक्षणका लागि जाजरकोट गएको र आक्रमण हुँदा चालक मानबहादुर ठाडा मगर घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमूख डीएसपी सन्तोष रोक्काले बताए ।

उनका अनुसार अख्तियारको टोलीमाथि शुक्रबार आक्रमण हुँदा गाडी चालक मानबहादुरलाई स्थानीयले मुक्का हानी घाइते बनाएका छन् । उनको स्वास्थ सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको छ । उनी वीरेन्द्रनगर नगरपालिका–११ का हुन् । उक्त घटनामा संलग्न सोही ठाउँका स्थानीय वीरेन्द्र चन्द, किरण शाही, चक्रबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.