घुमेरै आउँछ नि वर्ष र दिनमा
खुसी छन् माइती नि खुसी छन् चेली
माइती घर जाने नि दर पकाई खाने
आमाका साथमा मेरा बाबा आमाका साथमा।
कानमा मुन्द्री नि गलामा पोते
शिरफूल माथैमा मेरा बाबा शिरफूल माथैमा।
साथी र संगी नि भेला भई जाने
शिवको मन्दिर मेरा बाबा शिवको मन्दिर।
रमाइलो गर्दै लौ व्रत है लिने
नारीले तीजको मेरा बाबा नारीले तीजको।
नारीले मनाउने यो ठूलो चाड
हरि र तालिका मेरा बाबा हरि र तालिका।
के बूढीआमा नि के उमेरदार
के बालबालिका मेरा बाबा के बालबालिका।
नाचगान गरी नि दिदी र बहिनी
दिन त्यसै काट्छन् मेरा बाबा दिन त्यसै काट्छन्।
सुख र दुःखमा मनका कुरा
आपसमा साट्छन् मेरा बाबा आपसमा साट्छन्।