बस दुर्घटनापछि शोकमा डुब्यो बर्दिया

बस दुर्घटनापछि शोकमा डुब्यो बर्दिया
सुन्नुहोस्

गुलरिया : बाँकेको राप्तीसोनारी गाउँपालिका-८ स्थित पूर्व पश्चिम राजमार्गको शमशेरगंजमा बस दुर्घटना भएपछि बर्दिया शोकमा डुबेको छ। शुक्रबार राति सवा ९ बजे भएको ना ७ ख २३२१ नम्बरको बस दुर्घटना परी ७ जनाको मृत्यु भएको घटनाले बर्दिया शोकमा डुबेको हो। 

ठाकुरबाबा नगरपालिका-९ मा अवस्थित बेतहनी सामुदायिक वन उपभोक्ता समितिका सदस्य सम्मिलित टोलीहरू दाङको धारापानी भ्रमणबाट फर्किने क्रममा सडक किनारमा रोकिएको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो।

बस दुर्घटनामा परी ठाकुरबाबा नगरपालिका-९ निवासी ५० वर्षीय काशीराम थारु ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीय साधुराम थारु, वडा नम्बर ८ निवासी ४५ वर्षीय जुगबहादुर चन्द र बारबर्दिया नगरपालिका-७ रम्भापुर निवासी ३४ वर्षीय वसन्त कार्कीको निधन भएको थियो। 

४१ जना सवार बस दुर्घटना हुँदा २९ जना घाइतेमध्ये २ जना गम्भीर छन्। ५ जना सकुशल छन्। घाइतेहरूको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भैरहेको छ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सामुदायिक वनका सदस्यहरू सवार बस दुर्घटनामा ७ जनाको मृत्युको घटनाले ठाकुरबाबा लगायत बर्दिया जिल्लानै शोकमा डुबेको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बताए। 

गाउँका सबै बुद्धिजिवी दुर्घटनामा परे। गाउँमा महिला केटाकेटी मात्र छन्। गाउँ पुरै शोकमा छ। उपभोक्ता समितिका पूर्व पदाधिकारीहरू, हालका अध्यक्ष लगायत सदस्यहरू दुर्घटनामा परेका छन्। अध्यक्ष राधाकृष्ण थारु पनि घाइते छन्। 
    
आचार्यले भने दुर्घटनाका घाइतेहरू कोहलपुर मेडिकल कलेजमा उपचाररत छन्। म पनि पुगेर आएँ। मृतकको भेरी अस्पताल नेपालगञ्जमा पोस्टमार्टम गरेपछि शवहरू बर्दिया ल्याउने कार्य हुन्छ। 

घाइतेलाई उधृत गर्दै उनले थपे ट्रक सडक किनारमा थियो। विपरीत दिशाबाट अर्को गाडी आउँदै थियो। साँघुरो सडक भएका कारण ट्रकमा बस ठोकिन गएको घाइतेहरूले बताएका छन्। 

घाइतेहरूको निःशुल्क उपचार गरिनुपर्ने भन्दै लुम्बिनी प्रदेश सांसद जन्मजय तिमिल्सिनाले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना शोक वक्तव्य मार्फत गरेका छन्। 

ठाकुरबाबा नगरपालिका, नेकपा माओवादी केन्द्र लगायत विभिन्न तह र तप्काबाट विज्ञप्ति जारी गर्दै घटनाका मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरिएको छ। 
    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.