मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सुन्नुहोस्

झापा : झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार कमल गाउँपालिका–३ बोहोरा टोलमा भएको दुर्घटनामा सोही स्थानका ३० वर्षीय वीरेन्द्र सहनीको मृत्यु भएको हो।

दक्षिणबाट उत्तरतर्फ आइरहेको मे११प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे२प ५९२३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मे२प ५९२३ नम्बर मोटरसाइकल चालक सहनीको मृत्यु भएको प्रहरी सहायक निरीक्षक खड्काले बताए। उनका अनुसार दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.