कोसी प्रदेशमा कांग्रेसको साथ लिन छलफल भइरहेको छ : प्रदीप ज्ञवाली

कोसी प्रदेशमा कांग्रेसको साथ लिन छलफल भइरहेको छ : प्रदीप ज्ञवाली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोसी प्रदेशमा कांग्रेसको साथ लिन छलफल भइरहेको बताएका छन्।  आइतबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले बोलाएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले कोसी प्रदेशमा कांग्रेसले जिम्मेवार भूमिका खेलोस् भन्ने एमालेको चाहना रहेको भन्दै संवाद भइरहेको बताएका हुन्। 

अहिले प्रारम्भीक चरणको छलफलमा केहि संकेत प्राप्त नभएपनि प्रदेशको हितका लागि कांग्रेसले साथ दिन उचित हुने उनको भनाइ छ । ज्ञवालीले कोशीमा गठबन्धनले पटक पटक संविधान मिच्दा अहिलेको अवस्था आएको र प्रदेशप्रति जनताको वितृष्णा जाग्ने देखिएको धारणा राखे ।

कोशीमा मध्यावधिमा जाने र जनताको वितृष्णा बढाउने काम गर्न नहुने भएकाले कांग्रेसले जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ छ । 

सर्वोच्चको अदालतको परमादेशबाट  एमाले नेता हिक्मतकुमार कार्की कोसीको मुख्यमन्त्री बनेका छन्। उनले मुख्यमन्त्रीमा नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक प्रावधान छ।

९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ। एमाले र राप्रपाका ४६ जनामात्रै छन्। सभामुख पद खाली छ। उपसभामुख एमालेकै सिर्जना दनुवार छिन्। उनले सभाको अध्यक्षता गर्नु परेमा एमाले-राप्रपासँग ४५ मत मात्रै पुग्छ। 

यसकारण कोसीमा कार्की नेतृत्व सरकार जोगाउन केन्द्रीय सत्तागठबन्धनका कुनै एक घटकसँग मिल्नुको विकल्प एमालेसँग छैन। राप्रपाले मुख्यमन्त्री कार्कीलाई समर्थन गर्ने तर सरकारमा सहभागी नहुने बताएको छ। 

कांग्रेसले यसबारे पार्टीको धारणा सार्वजनिक गरेको छैन।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.