सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई दुःख दिने काम गर्‍यो : ओली

सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई दुःख दिने काम गर्‍यो : ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्माले दलाल पुँजीवादीका लागि राज्यले राष्ट्रिय पुँजीपतिहरूलाई दुःख दिने काम गरेको बताएका छन्।

आइतबार एमाले मुख्यालय च्यासलमा पार्टीको सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको कार्यक्रममा ओलीले राज्य पुँजीलाई राज्यले संरक्षण गर्नुपर्नेमा अरुको स्वार्थका लागि राज्यले छानिछानी राष्ट्रिय पुँजीपतिहरूलाई दुःख दिने काम गरेको बताए।

व्यवसाय गरेर राज्यलाई योगदान दिएका मीनबहादुर गुरुङ पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने कुनै कारण नभएको उनले बताए। ओलीले भ्रष्टाचार र अनियमितताविरुद्ध कारबाही गर्ने नाममा सरकारले पोलिटिकल स्टन्ट गरेको तर्क गरे।

उनले कोरोना र विश्वपरिवेशको अवस्थामा समस्यामा परेका व्यवसायीहरूमाथि गठबन्धन सरकार आउँदा चट्याङ परेकोजस्तो भएको बताए। राज्यको गलत नीतिका कारण अर्थव्यवस्था धरासयी हुँदा व्यसायीहरू पनि अफ्ठ्यारोमा परेको भन्दै उनले बैंकहरूलाई सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे। 

उनले कांग्रेस नीतिगत हिसावले सहकारीको पक्षमा नरहेको र माओवादीलाई पनि सहकारी नीतिप्रति सरोकार नरहेको जिकिर गरे। दुई चार क्वीन्टल सुन ल्याउनजस्तो फाइदा सहकारीमा नरहेको विचार माओवादीको रहेको उनको भनाइ छ।

अध्यक्ष ओलीले जनताको आत्मनिर्भरता निर्माण गर्न सहकारीको सदूपयोग गर्नुपर्ने र यसलाई माध्यम बनाउनुपर्ने धारणा राखे। सहकारीलाई स्वार्थका आधारमा सञ्चालन गर्न खोज्दा केहि सहकारीमा समस्या देखिएको उहाको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.