ब्राउन सुगरसहित दुई नेपाली युवा भारतमा पक्राउ

ब्राउन सुगरसहित दुई नेपाली युवा भारतमा पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : भारतमा ठूलो मात्रामा लागुऔषध ब्राउन सुगरसहित दुई नेपाली युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २१ वर्षीय प्रवीण माझी र २१ वर्षीय गङ्गाप्रसाद मगर रहेको भारतीय प्रहरीले जनाएको छ । झापा निवासी उनीहरूलाई भारतीय प्रहरीले नेपाल -भारत सिमाना नजिक पानीट्याङ्की बजारको न्यु मेची मार्केटबाट आइतबार दिउँसो पक्राउ गरेको हो । 

प्रदेश १-०१-०१३ प ४२५१ नम्बरको स्कुटरमा सवार उनीहरू भारतबाट नेपालतर्फ आइरहेका थिए । सोही क्रममा पानीट्याङ्की आउट पोस्ट खोरीबारी प्रहरी टोलीले विशेष सूचनाको आधारमा स्कुटर रोकेर चेकजाँच गर्दा डिकीबाट २०५ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । 

साथै उनीहरूसँग नेपाली ९ हजार रुपैयाँ समेत फेला परेको बताइएको छ । ब्राउन सुगर, स्कुटर र नगदसहित पक्राउ परेका दुवैजनालाई पश्चिम बङ्गाल प्रहरीले सिलगढी जिल्ला अदालतमा पेस गरी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.