नेतामाथि खुकुरी प्रहार भएको छ, सरकारलाई चासो छैन : केपी ओली

नेतामाथि खुकुरी प्रहार भएको छ, सरकारलाई चासो छैन : केपी ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिएका छन्।

सोमबार ललितपुरमा तेजाव आक्रमणविरुद्धको जागरण दिवसमा अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीले अहिले सरकारले स्टन्डबाजीमात्रै गरेको भन्दै स्टन्डबाजी छाडेर जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिए।

ओलीले सरकार नै तस्करीमा संलग्न भई कमिसनखोरीमा डुबेकाले जनताको समस्या नदेखेको बताए। उनले पहिले नै नाम लिएर आक्रमण गर्छु भन्दै हिँड्दा पनि सरकारले कुनै चासो नलिदा कांग्रेस नेतामाथि खुकुरी प्रहार भएको बताए। 

उनले समाजमा हिंसा त्रास फैलाउने कुरामा सहयोगी नभएकै कारण ताप्लेजुङमा प्रहरी अधिकृतलाई हत्या गर्ने, धम्की दिन, आंतककारी क्रियाकलाप भएको बताए। ओलीले तेजाव आक्रमणको कानुन लागू गर्न नदिने प्रयास गरे पनि आफ्नो नेतृत्वको सरकारले यसविरुद्ध कडा कानुन बनाएको दाबी गरे। उनले तेजाव आक्रमणविरुद्धको कानुनलाई कडारूपमा कार्यान्वयन नगरेसम्म यस्ता घटनामा कमि आउन नसक्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.