भारतमा टिपर दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

भारतमा टिपर दुर्घटना हुँदा दुई नेपालीको मृत्यु
सुन्नुहोस्

रुकुम : भारतको हिमाञ्चल प्रदेशमा दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ। रोजगारीका लागि भारत गएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो।

तीन जना घाइते भएका छन्। घाइते हुनेमा आठबीसकोट-११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेको स्थानीयवासी दलजित विकले जानकारी दिए।

घाइते हुनेमा अन्य जिल्लाका पनि रहेका छन्। कामबाट कोठा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको बताइएको छ। उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए। उनीहरू गत वर्षको मङ्सिरमा रोजगारीका लागि भारतको हिमाञ्चल गएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.