तीन मन्त्रीले एकैपटक गरे छहरे-टोखा सुरुङ मार्गको स्थलगत अवलोकन

तीन मन्त्रीले एकैपटक गरे छहरे-टोखा सुरुङ मार्गको स्थलगत अवलोकन
सुन्नुहोस्

नुवाकोट : बहुप्रतिक्षित छहरे-टोखा सुरुङमार्ग निर्माणस्थलको सोमबार तीन जना मन्त्रीले एकैपटक अवलोकन गरेका छन्। नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरी गापा ७, ८ र टोखा नपरपालिकाको झोरमा निर्माण प्रस्तावित छहरे-टोखा सुरुङ्गमार्ग स्थलको निर्माण कार्यलाई अगाडि बढाउन संघीय सरकारका तीन जना मन्त्रीले एकैपटक अवलोकन गरेका हुन्। 

चार दशमलव तीन किलोमिटर दूरीको सो सुरुङमार्गको निर्माणपछि नुवाकोट, रसुवामात्रै नभई नेपाल र उत्तरी छिमेकी चीनको दूरी निकै छोटो हुनेछ। हालः काठमाडौंदेखि रसुवागढीसम्मको दूरी एकसय ५२ किलोमिटर रहेको छ। 

छहरे-टोखा सुरुङमार्ग निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनको कार्य अगाडि बढाउन अर्थमन्त्री डा. प्रकाशशरण महतज्, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र वनमन्त्री वीरेन्द्र यादवलगायतको टोलीले निर्माणस्थलको स्थलगत अवलोकन गरि स्थानीयवासीसँग अन्तर्क्रियासमेत गरेका हुन्। सडकमार्ग हुँदै काठमाडौंबाट शिवपुरी गापा पुगेका तीनै जना मन्त्रीसहितको टोलीले दुई घण्टासम्म स्थलगत अध्ययन गरेको हो। 

मन्त्रालयका कमर्चचारीसहितको टोलीले छहरे-टोखा सुरुङमार्ग निर्माणमा चासो दिएका छन्। सुरुङ्ग मार्गको वातावरणीय प्रभावका विषयमा जानकारी लिनका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतसहितको टोली नुवाकोटको शिवपुरी गापास्थित निर्माणस्थलमा आएका हुन्। छहरे-टोखा सुरुङमार्ग निर्माणको लागि वातावरणीय प्रभावका विषयमा जानकारी लिनका लागि अर्थमन्त्री डा. महतसहितको टोली शिवपुरी ७ र ८ सुनखानी वोहोरेखोला आसपास पुगेर स्थलगत अवलोकन गरेका हुन्। सुरुङमार्ग निर्माणका लागि तीनै जना मन्त्रि सकारात्मक रहेका छन्।

छहरे-टोखा सुरुङ मार्ग निर्माणका लागि अर्थमन्त्री डा. महतले चालु आर्थिक वर्षका लागि एक अर्ब बजेट विनियोजन गरेका छन्। अर्थमन्त्री डा. महतले केही दिनभित्रै वातावरणीय प्रभावका बारेमा प्रतिवेदन तयार हुने र सो प्रतिवेदन चीन सरकारलाई बुझाए लगत्तै काम सुरु गर्ने विषयमा चीन सरकारसंग प्रस्ताव गर्ने बताए। 

छहरे-टोखा सुरुङमार्ग निर्माण का विषयमा चीन सरकार सकारात्मक रहेकोसमेत डा. महतको भनाइ छ । प्रधानमन्त्रीको चीन भ्रमणका समयमा चीन सरकारसँग नेपालले छहरे-टोखा सुरुङ मार्ग निर्माणलाई विशेष प्रस्तावका रुपमा राख्नेसमेत अर्थमन्त्री डा. महतले स्थानीयबासीसँग भने। 

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणअघि नै वातावरणीय प्रभाव मूल्यांकन गर्ने उद्देश्यकासाथ सरकारका मन्त्री आफैं सुरुङ मार्ग निर्माणस्थलको अवलोकनका लागि पुगेका हुन्। टोलीले उक्त क्षेत्रमा पर्ने वन जंगलको वास्तविक तथ्यांक, सो स्थानको सडकको अवस्थाका साथै अन्य विषयमा जानकारी लिएको डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख दीर्घनारायण कोइरालाको भनाइ छ।

दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी जिङपिङको भ्रमणका क्रममा काठमाडौंको टोखा-नुवाकोटको छहरेसम्म सुरुङमार्ग निर्माण गर्ने प्रस्ताव आएको थियो। यसबाट नुवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुवेंसीसम्म सुरुङसहितको सडक निर्माण गरिदिन चीन सहमत भएको थियो। सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौतासमेत भइसकेको छ। काठमाडौंको टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङसहितको ३२ किलोमिटर सडक मार्ग चीनले अनुदानमा निर्माण गरिदिने भएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.