एमाले उपाध्यक्ष नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

एमाले उपाध्यक्ष नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको शव पार्टी कार्यालय च्यासलमा राखिने भएको छ। एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ७ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिने जानकारी दिए।

श्रद्धाञ्जली दिँदै ज्ञवालीले भने,‘यस निधनले नेपाली कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय आन्दोलनमा पुगेको क्षति अपूरणीय रहेको छ। यो रिक्तता कहिल्यै पुरिने छैन।’

संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको गएराति हृदयघातबाट निधन भएको हो। त्रिवि शिक्षण अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए। 

निधन भएको जानकारी पाएपश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु अस्पताल पुगेका छन्।

सांसद नेम्वाङको निधन भएपछि  शीर्ष नेताहरु अस्पताल जानेक्रम जारी रहेको छ। अहिले अस्पताल परिसरमा नेता/कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.