एमाले उपाध्यक्ष नेम्वाङको निधनले स्तब्ध भएको छु : देउवा
काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन्। देउवाले ट्वीटमार्फत संविधानसभा अध्यक्ष नेम्वाङको निधनले आफू स्तब्ध भएको बताएका हुन् ।
उनले नेम्वाङको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले भनेका छन्,‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो।