नेम्वाङको निधनले देशलाई ठूलो क्षति : पूर्वप्रधानमन्त्री डा. भट्टराई
काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध र मर्माहत भएको बताएका छन्। भट्टराईले ट्विटमार्फत संविधानसभा अध्यक्ष नेम्वाङको निधनले देशले ठूलो क्षति व्यहोरेको बताएका हुन् ।
उनले भने,‘आँखामा राखेपनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठूलो क्षति व्यहोरेको छ; मैले आत्मीय मित्र गुमाएको छु।’
उनले नेम्वाङको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन र पार्टी पंक्तिमा समवेदना व्यक्त गरेका छन्। उनले भनेका छन्,‘संविधानसभाका अध्यक्ष, पूर्व सभामुख, एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनबाट स्तब्ध र मर्माहत छु। आँखामा राखेपनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठूलो क्षति व्यहोरेको छ; मैले आत्मीय मित्र गुमाएको छु। उहाँप्रति हर्दिक श्रद्धान्जली, परिवारजन र पार्टी पंक्तिमा गहीरो समवेदना !’
हृदयघात भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइए पनि लैजाने बित्तिकै नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।