नेम्वाङलाई स्मरण गर्दै नेपालले भने : असहज परिस्थितिमा भएका सहकार्य र भूमिकाप्रति उच्च सम्मान

नेम्वाङलाई स्मरण गर्दै नेपालले भने : असहज परिस्थितिमा भएका सहकार्य र भूमिकाप्रति उच्च सम्मान
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनले स्तब्ध बनाएको बताएका छन्। नेम्वाङप्रति श्रद्धान्जली दिँदै नेपालले असहज परिस्थितिमा भएका सहकार्य र भूमिकाप्रति उच्च सम्मान व्यक्त गर्दै स्तब्ध भएको बताएका हुन्। 

नेम्वाङले लिएको पहलकदमी, दिएको योगदान, नेतृत्व र समन्वयका अनेकन पहलहरू मानसपटलमा ताजै रहेको उनको भनाई छ। ‘संविधानसभाका अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष, प्रतिनिधिसभाका सदस्य एवम् म सँग लामो राजनीतिक सहकार्य गर्नभएका कमरेड सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनायो। एक निडर र इमान्दार राजनीतिकर्मीका रूपमा रूपमा विद्यार्थी राजनीति हॅुदै कोअर्डिनेशन केन्द्र, नेकपा (माले) र नेकपा (एमाले) पार्टी निर्माण एवम् विस्तारमा उहॅाले लिनुभएको पहलकदमी, खेल्नुभएको भूमिका, दिनुभएको योगदान, नेतृत्व र समन्वयका अनेकन पहलहरू मेरो मानसपटलमा ताजै रहेका छन्।’
 

समाजको रूपान्तरण, संविधानको रक्षा र विधिको शासन स्थापना गर्दै नेम्वाङले समुन्नत राष्ट्र बनाउन सिंगो जीवन नै संघर्षमा होमिएको नेपालको भनाई छ। उनले भने,‘केवल पार्टी निर्माणमा मात्र नभई व्यवस्था परिवर्तन, समाजको रूपान्तरण, संविधानको रक्षा र विधिको शासन स्थापना गर्दै नेपाललाई समुन्नत राष्ट्र बनाउन सकिन्छ भन्ने मान्यता सहित सिंगो जीवन नै संघर्षमा होम्नुभएका कमरेड नेम्बाङसँग राजनीतिक र सामाजिक जीवनका अनेकौं सहज एवम् असहज परिस्थितिमा भएका सहकार्यहरू संझिएको छु र उहॅाको भूमिका प्रति उच्च सम्मान प्रकट गर्दछु।’

null

अकल्पनीय रूपमा भएको निधनलाई देखेर भारी मनसहित श्रद्धान्जली दिएको उनले बताए। ‘कमरेड नेम्वाङको पार्थिक शरीर भएको स्थान त्रि.वि. शिक्षण अस्पताल र उहॅाको निवासमा पुगेर पार्थिक शरीर एवम् परिवारजनलाई भेटेर भर्खर फर्किदै छु, जन्मपछि मुत्यु सास्वत सत्य भएपनि अकस्मात र अकल्पनीय रूपमा भएको निधनलाई देखेर भारी मन सहित लेख्दैछु ‘हार्दिक श्रद्धान्जली कमरेड सुवास’!शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना !’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.