नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन्। मंगलबार बिहान नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको बताएका हुन्।

‘संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान १ : ३० बजे अप्रत्यासित निधनले मर्माहित भएको छ। ’ सभामुख घिमिरेले भने,‘उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ। प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु। दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’

एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीका अनुसार संसदीय दलका उपनेता तथा इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको आज बिहान १:४० बजे त्रि.वि. शिक्षण अस्पतालमा उपचारको क्रममा हृदयघातबाट निधन भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.