उपाध्यक्ष नेम्वाङको निधन भएपछि एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

उपाध्यक्ष नेम्वाङको निधन भएपछि एमाले सचिवालयको आकस्मिक बैठक बस्दै
सुन्नुहोस्

काठमाडौं : नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रत्याशित निधन भएकाले आकस्मिक रूपमा सचिवालय बैठक बोलाइएको पार्टी कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिए। उनका अनुसार सचिवालय बैठक आज बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ।

अधिकारीका अनुसार परिवारका सदस्य विदेशमा रहेकाले उनीहरु आएपछि मात्र अन्त्येष्टी हुनेछ। उनले भने, ‘परिवारका सदस्य देशबाहिर हुनुहुन्छ। उहाँहरु आउने तयारी भइरहेको छ। कहाँ र कहिले अन्तेष्टी गरिने भन्नेबारेमा पारिवारिक छलफल जारी रहेकाले भइरहेको छ।’

नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा ल्याइँदै छ। एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार नेम्वाङको पूजाआजा गरेर अन्तिम संस्कार गरिने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.